सल्यान अस्पताल हस्तान्तरण - Dastabej

सल्यान अस्पताल हस्तान्तरण


  • दस्तावेज

  • सल्यान—शारदा नगरपालिका सल्यानले आफ्नो अनुदानमा निर्मित सल्यान अस्पताल भवन बिहिबार अस्पताल व्यवस्थापन समिती लाई हस्तान्तरण गरेकोछ।करिव सवा २ करोड रुपैयाको लगानिमा निर्मित ३ तले भवन नगरका नगर प्रमुख सुरेश अधिकारिले अस्पताललाइ हस्तान्तरण गरेका हुन । सल्यान अस्पताल भवन जिर्ण अवस्थामा रहेको र सेवा प्रवाहमा समस्या देखिएपछि नगरले अस्पताल भवन निर्माण गर्न आफ्नो प्रथम साधारण सभाबाट बजेट बिनियोजन गरेको थियो।
    हस्तान्तरण समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख अधिकारिले सल्यान अस्पताल समग्र जिल्लाका नागरिक हरुको स्वास्थ्यको भरोसाको केन्द्र भएकाले शारदा नगरपालिकाले भवन निर्माणको जिम्मेवारी लिएको जनाए। उनले सिमित श्रोत र आफ्नो नगरका १५ वटा वडामा पुग्ने बजेटमा सम्झौता गरेर भए पनि जिल्लावासिको स्वास्थ्य दायित्व पुरागर्न नगरका सवै जनप्रतिनिधी हरुको सहयोगमा भवनको निर्माण गरिएको जनाए ।
    अधिकारिले भवन निर्माणका अलावा नगरले अस्पतालका लागि अन्य भौतिक र प्राबिधिक सहयोग गरेको पनि स्मरण गर्नुभयो।नगरले अस्पतालका लागि एक्सरे मेसिन,जेनेटर,भवन र अन्य लजिस्टिक सहयोग गरि ५ करोड बढिको सहयोग गरेकोछ।
    कार्यक्रममा बोल्दै अस्पताल बिकाश समितिका अध्यक्ष सिपि ओलिले स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्रमा लगानी गरि जनताको स्वास्थ्य लाई पहिलो प्राथमिकता दिएकोमा नगर प्रमुख लगाएत नगरका सवै जनप्रतिनिधी हरुलाइ उहाले धन्यवाद ब्यक्त गर्नुभयो।सल्यान अस्पतालमा उपचार गर्न शारदा नगरवासी मात्र नभएर सल्यान जिल्लाबासी सहित छिमेकी जिल्लावासी समेत आउने गरेको उल्लेख गर्दै ओलिले अस्पताल लाई यो स्तरमा पुर्याउन नगरले महत्वपुर्ण भुमिका खेलेको स्पस्ट पार्नुभयो।
    कार्यक्रमामा बोल्दै नगरपालिका वडा न. २ का अध्यक्ष केशव श्रेस्ठले अस्पताल भवन सम्पन्न गरि हस्तान्तरण गर्दा समस्त नगर कार्यसमिति सहित व्यक्तिगत रुपमा आफू पनि हर्षित भएको भन्दै अस्पतालको बिकाशमा प्रतिवद्ध रहेको उल्लेख गरे । कार्यक्रममा अस्पतालका बरिष्ठ डाक्टर प्रदिप शर्मा,इन्जियर भरत बुढाथोकी,निर्माण ब्यवशायी अरबिन्द्र राई,पत्रकार महासङ्ग सल्यानका अध्यक्ष प्रतीक शर्मा लगायत उपस्थित थिए ।

  • ११ मंसिर २०७७, बिहीबार १२:२२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा