नेपालगन्ज— पछिल्लो पल्ट ‘जिन्दगीमा मलाई दुई कुराले ठग्यो’ गीत टिकटोकमा चर्चा पाएको छ । करिव ७ लाखले उक्त गीतमा टिकटोकमा बनाएका छन् । उक्त गीतमा बाँके खजुरा गाउँपालिका ४ की आरुसी मगरको म्युजिक भिडियो मोडलिङ गरेकी छन् ।
टिकटोक हिट भएपछि उनको चर्चा फेरि अकासिएको छ । उनको मोडलिङ यात्रा ६ वर्ष पुग्यो । यो बीचमा उनले कम्तिमा पनि ६ सय गीतमा मोडलिङ गरिसकेकी छन् ।
२०७१ मा सुरुमा उनले पार्वती राईसंग तीजको गीत अभिनय गर्ने अवसर पाईन । लगत्तै लोक दोहोरी गोगन पानी हात लाग्यो ।
‘मुया ले, घर खाली, सिक्किम जाने रेल’ लगायतका चर्चित गीतमा मोडलिङ गरेपछि काठमाडौंमा जम्न सहयोग पुग्यो । दीनमा तीन वटा सम्म भिडियो सुटिङ गर्न भ्याईन ।
मोडलिङकै क्रममा उनले दुबै, मलेसिया, सिंगापुर, कोरिया र ह“कङ भ्रमण गर्ने अवसर पाएकी छन् । जापान र कतारको भिसा लागिसकेको थियो । तर कोरोनाका कारण उनी नेपालमै रोकिएकी छन् ।
‘कोरोना भाइरसका कारण बिदेशको यात्रा रोकिएको छ,’ २२ वर्षीया आरुसीले दास्ताबेजसंग भनिन् ।