बर्का नाँचको बृत्तचित्र र पुस्तक विमोचन - Dastabej

बर्का नाँचको बृत्तचित्र र पुस्तक विमोचन


  • दस्तावेज

  •  

    घोराही,— घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा थारु कल्याण कारिणी सभा दाङको निर्माणमा तयार पारिएको बर्का नाचको बृत्तचित्र र पुस्तक विमोचिन गरिएको छ । उक्त बृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष भुवन चौधरीले संयुक्त रुपमा विमोचन गरेकाथिए । लोप उन्मूख अबस्थामा रहेको थारु समुदायको बर्का नाँचलाई भिडियोमा संग्रहीत गर्ने र थारु समुदायको इतिहास, कला संस्कृत, भेषभुषा, भाषा र परम्परालाई समेटि पुस्तक तयार पारिएको हो । विमोचन कार्यक्रममा नगर प्रमुख चौधरीले थारु समुदायको कला संस्कृती सम्पत्ती भएको र यसको संरक्षणमा सरकारले सहयोग गर्ने र थारु समुदायले नै बढी चासो दिनु पर्ने बताए । थारु समुदायको कला संस्कृतीलाई प्रदर्शन एवं आम्दानी सँग जोड्न समेत उनले आग्रह गरे । त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले थारु समुदायको संस्कार र ईतिहासलाई लिपिबद्ध गर्न सक्नु नै सम्पत्तीको जगेर्ना हुने बताईन ।
    सभाको अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा पुस्तकका अध्ययता डा। गोबिन्द आचार्य, थारु कल्याणकारीणि सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले प्राचिन काल सँग जोडिएको बर्का नाँच र इतिहासको संरक्षण भएको बताएकाथिए । सभाका सदस्य बसन्त चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब प्रकाश चौधरीले गरेकाथिए ।

  • ११ मंसिर २०७७, बिहीबार १३:३० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता