कोहलपुरका करोडपति महिला उद्यमी - Dastabej

कोहलपुरका करोडपति महिला उद्यमी


  • दस्तावेज

  • नेपालगन्ज— डेढ सय जना स्थानीयले रोजगारी पाएका छन्, गाउँमै । मनकामना टायल झ्याल ढोका उद्योगले उनीहरुलाई रोजगारी दिएको हो । उद्योग भन्नसाथ अधिकांशको मनमा त्यसको सन्चालक पुरुष होला भन्ने लाग्छ । तर उक्त व्यवसायकका सन्चालक हुन कोहलपुर पिपरीकी मीना गौडेल । २०५४ सालदेखि उनी व्यवसायमा हात हालेकी हुन । एक विगहा जग्गा भाडामा लिएकी छन् । जग्गा र उद्योग गरी कम्तिमा पनि ५० करोडको लगानी छ । ‘सुरुमा निकै कम मुल्यले व्यवसाय गरेकी हु“ । हाल ५० करोाड हाराहारीको व्यवसाय छ,’ मीनाले सुनाईन,‘ढेड सय जनालाई रोजगारी दिएको छु ।’ उनले सरकारले महिला उद्यमीहरुलाई दिने भनेको सहुलियत ऋण र भन्सार छुट व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरिन । ‘सरकारले महिला उद्यमीहरुलाई ऋणको ब्याजमा एक प्रतिशत भएपनि छुट दिने हो भने महिलाहरु पनि व्यवसायमा आर्किषत हुन्थे,’ उनले भनिन् ।
    त्यस्तै कोहलपुरकै शिखा गौतम स्नेह खाद्य र श्रेष्ठ सस्तो पसल सन्चालन गरेर स्थायीरुपमा चार जनालाई रोजगारी दिएकी छन् । आवश्यकता अनुसार दैनिक ४ देखि ७ जनालाई दैनिक ज्यालादारीमा काम दिन्छन् । दुई दशकअघि सुरु गरेको व्यवसायको लगानी ८ करोड पुगेको छ । उनले महिलाहरुलाई व्यवसायतर्फ आर्कषण गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिइन । ‘अझै पनि महिला व्यवसायीहरु कम छन् । उनीहरुलाई उद्योग व्यवसायमा आर्कषण गर्न सरकारी सहयोग आवश्यक छ,’ उनले भनिन् । कोहलपुरकै बिनिता केसी व्यवसायमा जमेकी छन् । उनले नविन इम्पोरियम कोहलपुर बजारमा सन्चालन गरेकी छन् । संगीता सुबेदी उद्योग ब्यापार संघ सदस्य एवम् ब्यापारिक लिडर हुन । यि करोडपति महिलाहरुको सकृयता,संलग्नता, सामाजिक छबी, संघर्ष र समृद्ध बन्दै गरेको जीवन शैली लोभलाग्दो छ ।

     

  • १२ मंसिर २०७७, शुक्रबार ०८:१४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता