इङ्ग्लिस प्रिमियर लिग : दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने - Dastabej

इङ्ग्लिस प्रिमियर लिग : दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने


  • सुनिल रेग्मी

  •  इङ्ग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सीमित दर्शकलाई प्रवेश दिइने भएको छ ।

    इङ्ग्ल्यान्ड सरकारले लिभरपुल,आर्सनल, चेल्सीलगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो । इङ्ग्ल्यान्ड सरकारले डिसेम्बर २ अर्थात् आउँदो बुधबारपछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । लिभरपुल, आर्सनल, चेल्सी, टोटेनह्याम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटन र वेस्ट ह्यामको मैदानमा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने भएका हुन् ।

    इङ्ग्ल्यान्डमा बुधबारदेखि लकडाउन सकिँदैछ । गएको मार्चपछि खेलकुद गतिविधिमा दर्शकलाई प्रवेश रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमण जोखिमपछि इङ्ग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा हुँदै आएका छन्।

  • १२ मंसिर २०७७, शुक्रबार ०९:०६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता