नेपालगन्ज— बाँकेका कोरोना संक्रमित ३ हजार ८ सय २४ निको भएर घर फर्किसकेका छन् । शुक्रबार चार जनाले कोरोना जितेका छन् । १ सय ९९ जना आइसोलेसनमा रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । कोरानाले बाँकेका ३८ जनाको र बाहिर जिल्लाको ५० जनाको मृत्यु भइसकेको छ ।