महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ? - Dastabej

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?


  • दस्तावेज

  • दम्पतीको हकमा यौन एक अनिवार्य र नियमित आवश्यक्ता हुन् । यद्यपि उनीहरुबीच यौनका विषयमा खुला वहस र परिचर्चा भने हुँदैन । यौन जीवनबारे एकअर्काको अनुभूति साझेदार गर्दैनन् । कस्तो किसिमको यौन व्यवहार रुचीकर लाग्छ भनी सोधीखोजी गर्दैनन् । मौन भाषाकै भरमा दम्पतीहरु यौन क्रियामा सहभागी हुने गरेका छन् ।

    जबकी दम्पतीबीचको सम्बन्धमा यौनको खास भूमिका रहन्छ । जब यौन जीवन आनन्ददायक हुँदैन, दम्पतीबीच भित्र भित्रै असन्तोष पैदा हुन्छ । यसले विवाहेत्तर सम्बन्धको जोखिम समेत बढाउँछ । दम्पतीको यौन जीवन जति–जति खल्लो र अरुचीकर हुँदै जान्छ, त्यसले आपसमा अविश्वास, आशंका र असमझदारी समेत बढाइदिन्छ ।

    कसरी यौन जीवनलाई आनन्ददायक बनाउने ? जीवनसाथीले कस्तो यौन व्यवहार रुचाउँछन् ? यौनमा चरमोत्कर्ष कसरी प्राप्त हुन्छ ? यौन क्रियाअघि र पछि के कस्ता व्यवहार आवश्यक वा उचित हुन्छ ? यस विषयमा सदियौंदेखि वहस र खोज हुँदै आएको छ । हाम्रा पूर्वजहरुले समेत यौन–जीवनको महत्वलाई बुझेर यसलाई थप रोमाञ्चक, व्यवस्थित र संयमित बनाउने विधीहरु पहिल्याएका छन् ।

    यद्यपि अहिले पनि यौनका अनेक आयमलाई लिएर सोधीखोजी एवं खोज भइरहेका छन् । जस्तो केही समयअघि एक सर्वेक्षण भएको थियो, खासगरी महिलाहरुको यौन रुचीलाई लिएर । यौन सम्बन्धका क्रममा महिलाहरुले आफ्ना जीवनसाथीबाट कस्तो व्यवहारको अपेक्षा गर्छन् ? उनीहरुलाई के कुराले उत्तेजित बनाउँछ ? यौनमा उनीहरु कसरी आनन्दित हुन्छन् ?

    एक डेटिङ साइटले गरेको उक्त सर्वेक्षणबाट के थाहा भएको छ भने यौनलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेका छन् । सहभागी ६२ प्रतिशत महिलाले ‘सफ्ट सेक्स’ भन्दा ‘रफ सेक्स’ रुचाउने खुलासा गरे । उनीहरुलाई परम्परागत ढर्राको यौन क्रिया त्यती रुचीकर लाग्दैन । यौनका क्रममा उनीहरु नयाँ नयाँ आसन भोग एवं अभ्यास गर्न चाहन्छन् ।

    सवेक्षणमा के पनि पाइयो भने यौन क्रियाका क्रममा महिलाहरुलाई आफ्ना जीवनसाथीले कपाल तानेको मन पर्ने रहेछ । त्यस क्रममा जब जीवनसाथीले कपाल तान्छन्, उनीहरुको मुड अरु उत्तेजित र रमाइलो बनाइदिन्छ ।

    ओछ्यानमा आफ्ना जीवनसाथीले नियन्त्रण गरेको पनि उनीहरुलाई आनन्ददायक लाग्छ । जीवनसाथीले सबैकुरा आफ्नै मर्जी अनुसार गर्न थाल्छन् वा नयाँ अभ्यास गर्न थाल्छन्, महिलाहरु रोमाञ्चक हुन्छन् । महिलाहरुलाई फरक एवं नयाँ यौन आसन रमाइलो लाग्छ ।

    त्यसैगरी यौन सम्पर्कका क्रममा भद्दा संवाद गर्ने, शरीरका अंगमा टोक्ने जस्ता कार्य पनि कतिपय महिलालाई रुचीकर लाग्छ । यसबाट अर्को रमाइलो तथ्य पनि उजागर भएको छ । जानकारहरुका अनुसार पुरुषले शारीरिक सम्बन्धको समयमा महिलालाई दाँतले टोकेमा उनीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले यौनबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

  • ७ श्रावण २०७७, बुधबार ००:३६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता