सरकार भ्रष्टाचारमा लिप्त भएको काँग्रेस नेता बस्नेतको आरोप - Dastabej

सरकार भ्रष्टाचारमा लिप्त भएको काँग्रेस नेता बस्नेतको आरोप


  • दस्तावेज

  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले आज नेपालगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै जनताको म्यान्डेट पाएको सरकार भ्रष्टचारमा लिप्त हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो । ‘जनतालाई विकास र सम्बृद्धिको आशा जगाएको सरकार अहिले भ्रष्टचारमा उन्मुक्त भएको छ उहाँले भन्नुभयो–‘अर्को चुनावले यसको हिसाव किताव दिने छ ।’ उहाँले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका नखेलेकोमा आक्रोस पोख्नुभयो । लकडाउनका कारण ठूलो संख्यामा भित्रिएका नेपाली अहिले वेराजगार भएर फेरि विदेश पस्नु सरकारको नालायकीपन भएको टिप्पणी गर्नुभयो । ‘ज्यानको जोखिम मोलेर अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरु भारत गइरहेको सुन्दा मुलुकमा सरकार नभएको अनुभुति भएको छ’ उहाँले भन्नुभयो । दुई तिहाइको दम्भ देखाएर जनतालाई दुख नदिन पनि उहाँले चेतावनी दिनुभएको छ । ‘परिस्थिति एकै हुँदैन उहाँले भन्नुभयो–‘जन्म कुण्डली हेरेर बस्न नपरोस् ।’ नागरिकको जीवन रक्षाका लागि सरकार उदांगो बनेको उहाँको आरोप छ । दैनिक हिंसा, हत्या र बलात्कारका घटना भइरहँदा समेत सरकार मौनतामा उभिएको उहाँको भनाइ छ । काँग्रेस सधैव नागरिकको दुखमा साथ दिने पार्टी भएको उहाँको भनाइ छ । कोरोना भाइरस महामारीकाबीच काँग्रेसले अहिले रगत अभावमा नागरिकहरुले ज्यान गुमाउन नपरोस् भनेर देश व्यापी रक्तदान कार्यक्रम गर्दै हिडेको उहाँको भनाइ छ । नेपाल लोकतान्त्रिक खेलकुदका केन्द्रीय सदस्य शान्ति सिंहको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्तालगायतले बोल्नुभएको थियो । क्षेत्रीय खेलुकद विकास समितिका पूर्वअध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजिकरण काँग्रेस युवा नेता भुम भण्डारीले गर्नुभएको थियो ।

  • १२ मंसिर २०७७, शुक्रबार १५:०० प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो