पहाडी जिल्लामा सवारी दुर्घटना बढेपछि लुम्बिनी प्रदेश प्रहरीले दुर्घटना न्युनीकरणका लागि १५ दिने अभियान सुरु गरेको छ । त्यसका लागि पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पुर्व जिल्लाका ग्रामिण क्षेत्रमा संचालन हुने सवारी साधनहरुका चालकलाई प्रशिक्षण दिन सुरु गरिएको छ । त्यस्तै व्यवसायीसंग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पिड, मापसे चेकिङ्ग प्रभावकारी गरी दुर्घटना नियन्त्रणको प्रयास गएिकाधे हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयहरुले सवारी साधनका चालकहरुसंग भेटघाट, समस्या र दुर्घटना न्युनिकरणमा चालकको भुमिका बारेमा कार्यक्रम गरी दुर्घटना न्युनिकरण गर्ने अभियान संचालन गरिएको प्रहरीले जनाएको छ ।