६३ जनाले गरे रक्तदान - Dastabej

६३ जनाले गरे रक्तदान


  • दस्तावेज

  • नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले आज नेपालगन्जमा आयोजना खुल्ला रक्तदान कार्यक्रम गरेको गरेको छ । विभागका प्रमुख समेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको प्रमुख आथित्यतामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरस महामारीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रमको समन्वय गर्नुभएको क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । कार्यक्रममा सबैभन्दा धेरै रक्तदान गर्नुभएका नेपालगन्जका गोपी बैश्यलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा बोल्दै विभागका प्रमुख बस्नेतले संकटको बेला सधै काँग्रेस साथमा हुने बताउनुभयो । भाइरस संक्रमणका कारण रगत अभाव भइरहेका बेला काँग्रेसले देशव्यापी रक्तदान अभियान सुरु गरेको उहाँको भनाइ छ ।

  • १२ मंसिर २०७७, शुक्रबार १९:१८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. खजुरा ५ मा निशुल्क ईन्टरनेट सेवा
  • ६. निर्मलालाई न्याय माग्दै रुबि फेरि काठमाण्डोमा
  • ७. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी