रुकुम पश्चिम । शुक्रबार साँझ जिप दुर्घटनामा परि ज्यान गुमाउनेहरुको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार गाडि दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा रुकुम पश्चिम जिल्ला, आठबिसकोट नगरपालिका वडा नं ८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, सोहि ठाउ नीवासी अन्दाजी बर्ष ४८ का आईते चनारा, अन्दाजी बर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपाली, रहेका छन् । घाइतेहरु रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका वडा नं ८ बस्ने अन्दाजी बर्ष ५८ का लाल बहादुर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार ८ः३० वजेको समयमा आठबिसकोट नपा वडा नं ८ दाजेबाट १०÷१२ जना जत्ती बोकेर रा १ ज ५८९ नंवरको ट्याक्सी सोही पालिकाको वडा नं १० घारीखोलाबाट फर्किने क्रममा दाजे भन्ने स्थानमा अचानक सडकदेखि अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनामा परी ४ जनाको घटनास्थलमा ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीका अनुसार–दुर्घटना भएको गाडिका चालक आठविसकोट ९ बस्ने अन्दाजी बर्ष २७÷२८ को डिल्ली बहादुर नेपाली फरार रहेको जानकारी दिएका छन् । प्रहरी निरिक्षक लाल बहादुर सुनारको कमाण्डमा ११ जनाको टोली घटना स्थालमा खटि उद्धार कार्य गरेको जानकारी आएको छ ।