खोई सीमा स्तम्भ ? खोलाले बगायो - Dastabej

खोई सीमा स्तम्भ ? खोलाले बगायो

नेपाल—भारत छुट्याउने बाँके सीमाका मुख्य र सहायक गरी एक दर्जन सिमास्तम्भ बर्षौदेखि हराएका छन् ।


  • दस्तावेज

  • नेपालगन्ज— नेपाल—भारत छुट्याउने बाँके सीमाका मुख्य र सहायक गरी एक दर्जन सिमास्तम्भ बर्षौदेखि हराएका छन् । हराएका सिमास्तम्भ खोजिका लागि पटकपटक उठे पनि नेपाल सरकार भने मौन छ । जिल्लाबाट गरिएको पहलबाट सम्भव नभएका कारण केन्द्रीय सरकारले पहल थाल्नु पर्ने सुझाव दिइएको छ । त्यस्तै १९ वढी स्तम्भहरु जिर्ण भएका कारण मर्मत गर्नुपर्ने अवस्थाका छन् । पुर्ब कटकुईया र पश्चिम मानखोलासम्मको सीमाका मुख्य पाँच (जँगे पीलर) र सहायक गरी दर्जन बढी स्तम्भ राप्ती नदी, मानखोलाले बगाएको हो । चार वर्षअघि आएको राप्ती नदीको बाढीले नरैनापुर गाउँपालिका भगवानपुरस्थित ६४३ (१४) नम्बरको सीमा स्तम्भ बगाएको स्थानीयले बताउछन् । उक्त स्तम्भ स्थानीय आफैले खोज्ने प्रयास गरेका थिए । तर सरकारको उदासिनताका कारण उक्त पिलरको अवस्था खुल्न सकेको छैन । त्यसअघि सीमाका ६३५(३), ६४४ (१६), ६४५(१७÷१) र ६५७ नम्बरका मुख्य पिलर हराएका थिए । तर, स्थानीय प्रशासनले चार मुख्य सीमा स्तम्भ र ५ सहायक स्तम्भ खोलामा बगेको जनाएको छ । त्यस्तै ६३८÷६, ६३९÷१७, ६४३÷१, ६४३÷२, ६४४÷ १,६४४÷२, ६४५÷१ र ६५६÷१ नम्बरका सहायक पिलर पनि हराएका छन् । ६३६÷४, ६४६÷१९ र ६५५÷३६ नम्बरका मुख्य पिल्लर र १९ वटा सहायक स्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका छन् । त्यस्तै १ मुख्य स्तम्भ र ३ सहायक सीमा स्तम्भको पुर्ननिर्माण र १७ स्तम्भ मर्मत गर्नपर्ने अवस्थाका छन् ।
    बाढीका बेला खोला र नदीले केही सिमास्तम्भ बगाएको छ । बाँकेको सीमामा मुख्य सहायक गरी ३ सय ७ स्तम्भ छन् । ३२ मुख्य स्तम्भ मध्ये ५ राप्ती नदी र मानखोलाले बगाएको हो । त्यस्तै २ सय ७५ सहायक स्तम्भ मध्ये ५ वटा खोलामा बगेको र ३ हराएका हुन । नेपालगन्जको मुख्य नाका नजिकैका सहायक सीमा स्तम्भ हराएका छन् । त्यस बारे सीमावर्तीका नेपालीले स्थानीय प्रशासनलाई जानकारी दिंदै आएका छन् । प्रशासनले सरकारलाई लिखित जानकारी गराउँदै आएको छ ।
    भारतीय समकक्षी सुरक्षा अधिकारहरुसंग काउन्टर पार्टको बैठकमा सीमा बारे पटकपटक छलफल हुने गरेको छ । तर, दुई मुलुकको सीमा सम्बन्धि संबेदनशिलताका कारण स्थानीयस्तरबाट गरिएको प्रयासले स्म्भव छैन । राप्ती नदीले पुर्बी क्षेत्रको सीमा स्तम्भ बगाउँदा दुई मुलुकको भूमि छुट्याउन समस्या भएको स्थानीय बताउँछन् । सीमा स्तम्भ भएको स्थान यकिन गर्न सक्ने उनीहरुको भनाई छ ।

  • १३ मंसिर २०७७, शनिबार ०८:२१ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार