नेपालगन्ज— प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बालिका तथा युवा शसक्तिकरण परियोजना अन्तर्गत बर्दिया जिल्लाको बारबर्दिया नगरपालीको वडा नं ३ हलवलडोलीमा सामाजिक कुरितीका बिषयमा एक दिने संवाद कार्यक्रम गरिएको छ । संवाद कार्यक्रमको उद्घाटन बारबर्दिया नगरपालीका वडा नं ३ का कार्यवाहक अध्यक्ष लक्ष्मी घर्ती क्षत्रीले र समापन बारबर्दिया नगरपालीका वडा नं ५ का वडा सदस्य शुशिला बि.कले गरिन ।
संवाद कार्यक्रममा सहभागीहरुले समाजमा बिद्यमान रहेका बाल विवाह, घरेलु हिंसा, लागु औषध दुव्र्यसनी, बहुविवाह, बोक्सी, जुवातास, अपांगता भएका व्यक्तिहरुलाई अवहेलना जस्ता सवालहरुमा बारेमा आआफ्ना धारणा राखे । संवाद कार्यक्रमको अन्तमा सामाजिक कुरुती बिरुद्ध स्थानीय सरकार सँग समन्वय गरेर विभिन्न जनचेतना मुलक कार्यक्रमहरु अन्तरक्रियाहरु सञ्चालन गर्ने गरी समापन गरिएको छ । कार्यक्रमको सञ्चालन शुशिल चौधरीले गरे ।