सादगी मेयर शालिकराम - Dastabej

सादगी मेयर शालिकराम

बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले छोराछोरी पढाउन कुखुरा पालन गरे । श्रीमति नारायणी बास्तोला किराना पसल गरेर छोराछोरीलाई पढाईन ।


  • दस्तावेज

  • नेपालगन्ज— तस्बिरमा देखिने गाई दुहने व्यक्ति को हुन ? उनी पेशाले किसान होईनन् । अधिकांशलाई आश्चर्य लाग्न सक्छ । तपाईले गरेको अनुमान गलत साबित हुन सक्छ । अब धेरै न अल्मलौं“ । उनी हुन बर्दिया बाँसगढी नगरपालिकाका निर्वाचित प्रमुख (मेयर) शालिकरा अधिकारी । मेयर भइसकेपनि उनको जीवनचार्य सादगी छ । बिहानै उठ्छन् । योगा गर्छन । बारीमा तरकारी गोडमेल गर्दै पानी चार्छन् । खेतिपाती अझै आफै गर्छन । उनको दैनिकी साधारण किसानजस्तै छ । तामझाम कहिले गर्दैनन् । साधारणसंग पनि समान व्यहार गर्छन् । उनको सादगी जीवन पहिलेको धरातल नै हो । यस्तो संस्कार उनी सानै उमेरमा सिके । साधारण वर्गीय परिवारमा जन्मेका उनी आफै हलो जोते । उनी मेयर हुँदासम्म आफै हलो जोत्थे । खेतिपाती गर्थे । राजनीतिक जीवनमा निकै उतारचढाव खेपे । राजनीति जीवनमा निकै आर्थिक अभाव झेले । छोराछोरी पढाउन कुखुरा पालन गरे । श्रीमति नारायणी बास्तोला किराना पसल गरेर छोराछोरीलाई पढाईन । उनका छोरा सागर अधिकारी ईन्जियरमा बेचुलर र छोरी शिक्षा बीएन नर्सको पढाई सकेका छन् । मेयरसम्म आईपुग्न निकै हण्डर खेपेको अनुभव उनलाई छ । २०३७ सालमा हाल बारबर्दिया नगरपालिका साविक मगरागाडी गाउँपन्यातस्थित आँशुबर्मा माध्यमिक बिद्यालयमा ८ कक्षामा पढ्ने बेला उनी कम्युष्टि राजनीतिमा होमिए । अनेरास्वीयुको सदस्य बने ।
    पढ्दै, हलो जोत्दै उनी राजनीतिमा लागिरहे । उनी सर्वहारालाई अधिकार दिलाउनु पर्छ भन्ने भावनाले ओतप्रोत थिए । मगरागाडीबाट बसाई सरेर हाल बाँसगढी नगरपालिका तत्कालिन मोतिपुर पन्यात दमौली गाउँमा आए । त्यहाँबाट करिव ५ किलो मिटर दक्षिण मैनापोखरस्थित शारदा माध्यमि बिद्यालयमा पढ्न थाले । एसएलसी पास त्यहीबाटै गरे । तबसम्म उनी अनेरास्वीयु ५ औको सदस्य भइसकेका थिए । एसएलसी पासपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखि क्याम्पसमा भर्ना भए । अनेरास्वीयुको प्रारम्भिकक कमिटी सदस्य बने । काम र पढाइको शिलशिलामा उनी सुर्खेत पुगे । अनेरा स्वबीयुको सचिव बने । एमाले फुटेपछि उनी सुर्खेतबाट बर्दिया फेरि आए । २०५४ सालमा उनी एमाले पार्टी बर्दियाका सदस्य बन्न सफल भए । बाँसगढी पार्टी कमिटीको इन्चार्ज भए । दुई कार्यकाल पार्टी सदस्यपछि उनी एमाले बर्दियाको सचिव बन्न सफल भए । त्यो बीचमा उनी कमैया र भूमिहिनका लागि संघर्ष गर्दै रहे । ‘बर्दियाको डेउढा गाउँ नजिकै रहेको कमैया बस्ती मलगायतका साथीहरुकै पहलमा बसेको हो । अहिले एकिकृत कमैया बस्ती छ,’ उनले विगत सम्झे,‘कमैया आन्दोलनका लागि कैयौ रात त्यही गाउँमा बास बसियो । पछि उहाँहरुले लालपुर्जा पनि पाउँनु भो ।’
    सादगी जीवनका मेयर अधिकारीको राजनीतिक जीवन ४० वर्ष पार गरिसकेको छ । यो क्रममा उनी दुस्मन पनि कमाए । ‘मैले जीवनमा कसैको पनि कुभलो चिताईन । गरिबका पक्षमा सधै बोलिरहे । बोलिरहने छु,’ उनले भने,‘मेरो राजनीतिक प्रगति गरेको देखेर विपक्षीहरुलाई डाह भएको छ । तर म निरन्तर जनताकै पक्षमा बोलिरहने छु ।’

  • १३ मंसिर २०७७, शनिबार १५:३९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार