उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी - Dastabej

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी


  • दस्तावेज

  • काठमाडौँ — उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन् । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएका थिए ।
    त्यसै गरी ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएकोमा आइतबार सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ ।निर्वाचित भएपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेकै व्यवसायीको जित भएको प्रतिक्रिया दिए । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौं भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौं ।’
    यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरूमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले निर्यातमूलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
    जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरूलाई आफैंमा सवल र सक्षम बनाउनुका साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए । वस्तुगत तर्फको उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेको भन्दै उनीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए । कान्तिपुरबाट

  • १४ मंसिर २०७७, आईतवार ०७:५० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ