फाईल फोटो
नेपालगन्ज— १६ दिने लैगिंक हिंसा विरूद्वको अभियान मनाउने क्रम जारी छ । बाँकेमा पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । २५ नोभेम्वर २०२० तदनुसार १० मंसीर देखि २५ मंसीर २०७७ मनाईदै छ । तर महिलामाथि हुने विभिन्न हिसाका घटना बाँकेमा दैनिकजसो भइरहेका छन् । सरकारले हिंसा नियन्त्रणबिरुद्ध कडा कानुन ल्याएको छ । तर दाईजो, मदिरापान, बहुविवाह लगागतका कारणले महिलाहरु माथि शारिरिक, सामाजिक, भावनात्मक, आर्थिक हिंसा हुने गरेको छ । त्यसैगरी महिलाहरुले श्रीमानबाट हुने हिंसालाई दबाउने, लुकाउने गरेका कारणले पनि हिंसा बढी रहेको त्यस क्षेत्रमा कार्यरत महिला अधिकारबादीहरुले बताए । उनीहरुका अनुसार हिंसाबाट पीडित महिलाले कानुनी उपचार खोज्न ढिलाई गर्ने गर्दा ज्यानसम्म जाने घटनाहरु भइरहेका छन् । जीउज्यान जोखिममा रहेका हिंसाबाट पीडित महिलाहरुलाई गैरसरकारी संस्थाहरुले सेल्टरसमेत दिने गरेका छन् ।
चालु आर्थिक वर्षमा बाँकेमा २२ महिलामाथि बलात्कार भएको छ । ति मध्ये ११ किशोरी छन् । जिल्ला प्रहरी बाँकेको तथ्यांक हेर्ने हो भने जवरजस्तीको प्रयास ६ महिलामाथि भएको छ । आत्मा हत्या दुरुत्साहनका ४, बहुविवाह ७, मानव बेचबिखनका एक मुद्दा प्रहरीमा दर्ता भएको छ । त्यस्तै घरेलु हिंसाका २ सय ७३ मुद्दा दर्ता भएको छ । ९४ सामाजिक हिंसाका उजुरी प्रहरीमा परेको छ । यति धेरै महिला हिंसाका घटना किन सार्वजनिक त ? ‘मलाई लाग्छ महिला हिंसा बढेकै हो । त्यस्तै महिलाहरु हिंसाको प्रतिकार गर्न थालेकाले पनि हिंसाका घटना बढी देखिन थालेको हो,’ नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख शोभा शाह भन्छन्,‘पछिल्लो समय प्रविधिको दुरुपयोगले पनि हिंसाका घटना बढेका हुन ।’ हाम्रो समाजमा महिलाहरुले घरभित्रको समस्या हो भनेर लुकाउने चलन छ । हिंसा बढ्नुको कारण मध्ये यो पनि हो,’ उनले जनाईन ।
घरेलु हिंसा नियन्त्रणका लागि सरकारले कानुन ल्याएपछि केही पीडित महिलाहरुले यस्ता घटनालाई सार्वजनिक गर्न थालेका छन् । अझै यस्ता घटना समाजमा धेरै लुकेर रहेका छन् । पीडित महिलाहरुले बालबच्चाको भविष्य बिग्रिन नदिन र समुदायबाट सहयोग नपाउने डरका कारण हिंसा लुकाएर बस्ने गरेको महिला अधिकारबादीहरुको अनुभव छ । हिंसाका घटनाहरु महिला तथा बालवबालिका कार्यालय, गैरसरकारी संस्था र प्रहरीमा उजुरी पर्ने गरेको हो । दाईजो, मदिरापान, बहुविवाह लगागतका कारणले महिलाहरु माथि शारिरिक, सामाजिक, भावनात्मक, आर्थिक हिंसा हुने गरेको छ । त्यसैगरी महिलाहरुले श्रीमानबाट हुने हिंसालाई दबाउने, लुकाउने गरेका कारणले पनि हिंसा बढी रहेको हो । हिंसाबाट पीडित महिलाले कानुनी उपचार खोज्न ढिलाई गर्ने गर्दा ज्यानसम्म जाने घटनाहरु भइरहेका छन् । जीउज्यान जोखिममा रहेका हिंसाबाट पीडित महिलाहरुलाई गैरसरकारी संस्थाहरुले सेल्टरसमेत दिने गरेका छन् ।