नेपालगन्ज— राजापुर नगरपालिकाका किशोरी हरुलाई दुई दिने दौतरी शिक्षा सम्बन्धि अनुशिक्षण दिइएको छ । अनुशिक्षणमा बाल हिंसा, बालविवाह, यौन प्रजनन स्वास्थ्य अधिकार, लैगींक हिंसा, बाल अधिकार, सम्बन्धि बिषयमा सैद्धान्तिक बिषयमा अनुशिक्षण दिइएको छ । त्यस्तै दौतरी सिप सम्बन्धि व्यवहारिक अभ्यास मार्फत अनुशिक्षण गरिएको हो । राजापुर नगरपालीका ६ टपरामा सञ्चालन भएको दुई दिने दौतरी शिक्षा अनुशिक्षणमा परिवर्तनका संवाहक (सिओसी) समुहमा आवद्ध भएका वडा नं ६ र वडा नं ८ का २५ जना किशोरी हरु सहभागी भएका थिए । अनुशिक्षणको सहजिकरण निर्मल चौधरीपले गरे । बि ग्रुपले प्लान ईन्टरननेशनल नेपालको सहयोगमा राजापुर नगरपालीका वडा नं ६ र ८ नं वडामा १० देखी १५ र १६ देखी २४ बर्ष उमेर समुहका किशोर तथा किशोरी हरुको १६ वटा परिवर्तन का संवाहक समुह गठन गरी प्रत्येक समुहमा हप्ताको शुक्रबार र शनिबार दुई÷दुई घण्टा किशोर तथा किशारी कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।