जंगी अड्डामा चिनियाँ रक्षामन्त्री - Dastabej

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री


  • दस्तावेज

  • कान्तिपुर र रासस
    काठमाडौँ — नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको छ ।

    नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेईलाई सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको हो । रक्षा मन्त्री वेई चिनियाँ राजदूतावासको कार्यक्रम सकेर सैनिक मुख्यालय पुगेका हुन् ।

    सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले वेईले जंगी अड्डाको निरीक्षण गरेको पनि जानकारी दिए । त्यस लगतै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्वीपक्षीय भेटवार्ता गर्ने सैनिक मुख्लायले जनाएको छ ।

    दुई जना बीचमा दुई पक्षीय सुरक्षा सहयोग, सहकार्य र अभ्यासहरुको विषयमा कुरा हुने बताइएको छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुग्ने छन् । प्रधाानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।
    राष्ट्रपति कार्यलयबाट सिधै त्रिभुवन विमानस्थलमा पुगेर चिनियाँ रक्षा मन्त्री वेईको नेपालको एक दिने भ्रमण सकिने छ ।

    तस्बिरहरुः रासस

  • १४ मंसिर २०७७, आईतवार १६:२९ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा