नेपालगञ्ज वडा नम्बर १२ मा तीन सय ७ जना नेपाली कांग्रेसमा प्रवेश – Dastabej

नेपालगञ्ज वडा नम्बर १२ मा तीन सय ७ जना नेपाली कांग्रेसमा प्रवेश


  • प्रेम सिंह एस के

  • नेपालगञ्जमा तीन सय ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमिति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आज गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन सय ७ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानीले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभएको हो । वडा नम्बर १२ का प्रभावशाली युवा नेताहरु समेत राप्रपा परित्याग गरी कांग्रसमा प्रवेश गरेका छन् । राप्रपाका युवा नेता नेत्रजंग शाह, वडा सदस्यका उम्मेदवार सुनिल केसी, दिपेश मल्ल, माओवादी बाट उम्मेद्बार बनेका गौरी परियारसहित तीन सय जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी सबै वडा नम्बर १२ कै हुन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य हृदयराम थानीले नेकपा सरकारको गैरजिम्मेवारपन र अकर्मण्यताका कारण नेपाली जनता निराश भइरहेकाले कांग्रेसप्रति उनीहरुको भरोसा बढ्दै गएको बताउनुभयो । oजनता र मुुलुकका पक्षमा केही गर्न नसकेपछि सर्वत्र सरकारको आलोचना भइरहेको भन्दै उहाँले अहंकार, दम्भ र कमजोर कार्यसम्पादनले सरकार इतिहासकै सर्वाधिक अलोकप्रिय बनेको टिप्पणी गर्नुभयो ।

    विशिष्ट अतिथि कांगे्रस बाँके जिल्ला सभापति किरण कोइरालाले ठूलो आशा भरोसा गरेर जनताले नेकपालाई दुई तिहाई बहुमत दिएपनि त्यसको लाज राख्न नसकेर जग हँसाएको बताउनुभयो । जनताका आकांक्षामाथि तुषारापात गर्दै आपसमै कुसीको लडाईं गरेर जात्रा देखाइरहेको टिप्पणी गर्दै सभापति कोइरालाले नेपाली कांग्रेस नै जनताको पार्टी भएको फेरि एक पटक पुष्टि भएको बताउनुभयो ।

    वडा सभापति रामु चिडिमारको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रदेशतर्फका क्षेत्रीय सभापति शिवप्रसाद बर्मा, नगर सभापति प्रशान्त विष्ट, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, युवा नेता अमृत आचार्य, कांग्रेस वडा सचिव हरिबाबु घिमिरे लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, सचिव कपिलदेव शर्मा, प्यूठान कांग्रेसका पूर्व पार्टी सभापति दिवाकर गौतम, कांग्रेस बाँकेका युवा नेता सुधांशु कोइराला वडा सदस्य तरुण बज्राचार्य लगायतको उपस्थिति थियो ।

  • १४ मंसिर २०७७, आईतवार १८:४५ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ