महादानी माधब - Dastabej

महादानी माधब

जसले अर्बभन्दा बढी दान गरी सके । त्यतिमात्रै होईन उनले आँखा पनि दान गरिसके । केही दिनमै शरीर दान गर्दैछन् ।


  • शम्भुप्रसाद चौधरी

  • आफूले स्थापना गरेको बिद्यालयका बालबालिकासंग दानी माधव बर्मा ।

    नेपालगन्ज—मानव सभ्यताका विभिन्न कालखण्डमा दानी बारे बर्णन गरिएको छ । कतिसम्म भने दानी राजाहरुले सम्पत्तीसंगै राज्यसत्ता दान गरेको कथा पढ्न र सुन्न पाईन्छ । ति कथा हुन वा वास्ताविकता ? तर नेपालगन्जका एक महादानी छन्, जसले करोडौंको जग्गा दान गरिसकेका छन् । त्यतिमात्रै होईन, उनले आँखा दानसमेत गरिसकेका छन् । मृत्यु पश्चात अस्पताललाई शरीर दान गर्ने कानुनी प्रकृयामा छन् । दान गर्नु उनको प्यासन हो । जो पुर्खाबाट सिके । उनी हुन महादानी नेपालगञ्ज ६ फुल्टेक्रामा माधवराम बर्मा । हालैमात्रै उनले दुई करोड बढी पर्ने दुई कठ्ठा जग्गा दान दिए । त्यसअघि वडा नम्बर ६ फुलटेक्रा बसपार्क पुर्वामा १० कट्ठा १२ धुर जग्गामा श्री नागेश्वर महादेब मन्दिर, सनिदेव मन्दिर योगा हलका लागि जग्गादान गरेका छन् । उनको तीन पुस्ताले जग्गा लगायत गरी अर्बभन्दा बढीको दान गरिसकेका छन् । बुवाबाजेबाट चलिआएको दान गर्ने पराम्परालाई निरन्तरता दिन दान गर्ने गरेका बर्माले बताए । दान गर्दा परिवार परिवारका सदस्य आमा, भाई, छोराछोरी सबै संग सरसल्लाह गरेर दान गर्दै आएका छन् । ‘दान गर्दा परिवारका कसैले पनि अहिले सम्म बधाअर्चन गर्दैनन् । सल्लाह गरेरै हुन्छ,’ उनले भने । बर्मा परिवारका ३ पुस्ताले करिब ४ बिगहा दान गरिसकेका छन् । अझै पनि १६ बिगहा जग्गा बर्मा परिवारसंग छ । आमा र बुवा तर्फको ४ गाउँ फुलटेक्रा, भुजाईगाउँ, पटेदारपुरवा र राप्ती सोनारीको महिमानपुरमा पुर्खौली सम्पति छ ।

    स्वर्गी हजुरबुवा बाबुराम कुर्मीले १ बिघा १५ कट्ठा १७ धुर जग्गा नेपालगन्ज ६ फुलटेक्रको शिवपर्बती मन्दिरलाई दिएर दान दिने परम्परा सुरु गरेका हुन । त्यस्तै हजुर आमा सुघरा बर्माले शिवपर्बती मन्दिर निर्माण गरी ९ कठ्ठा जग्गा दान दिईन । समाजसेवी परिवारमा जन्मिएका बर्माको आमा रामप्यारीले पनि नेपाल क्षयरोग निवारण संस्था बाँकेको क्षयरोग नियान्त्रण क्लिनिक संन्चालनका लागि २ कठ्ठा जग्गा दान गरिन । बर्माका बुवा स्वागिय रामअधार कुर्मिले पटेश्वरी अधारभुत बिद्यालयलाई भुजई गाउँ सुर्खेत रोडको किनारमा ६ कट्ठा जग्गा दान गरेको उनले बताए । उक्त बिद्यालय ७ कक्षा सम्म संञ्चालित छ । जहाँ ३ सय २० बिद्यार्थी अध्यनरत् छन् । जुन जग्गा अहिले करिब ५ करोड मुल्य पर्छ । जग्गादान, मन्दिर स्थापना, अस्पताल बन्दा सहयोग र निजिदान गर्दैै बर्मा परिवार आएको इतिहास छ । भुजाई गाउँमा ४ जना परिवारलाई निजि बासस्थानका लागि १०÷१० धुर जग्गा बर्मा परिवारले दान गरेका छन् । भुजाई गाउँमा ४ कट्ठा जग्गा र खपडाको छाना र इट्टा देवाल भएको ३ वटा घर अखण्डानन्द आश्रम खोलेर बर्मा परिवारले दान गरे । त्यस्तै आमा रामप्यारी कुर्मिनीले मनिकापुमा ८० लाख पर्ने जग्गामा शिवपर्बती पञ्चपरिवार मन्दिर स्थापना र जग्गा दान गरिन । पुर्खाले सुरु गरेको दान परम्पराको इतिहासलाई जोगाई राख्न बर्मा परिवारले दान गर्दै आएका छन् । रक्तदान जिवनदानको भावनाका साथ माधवले ६५ पटक रक्तदान गरी सकेको बताए ।

    बर्माको ६ पुस्तादेखि अहिले सम्म नछुट्टिएको लामो इतिहास छ । बर्माका दुई दाजुभाई र आमा गरी १० जना परिवार छन् । माधवराम बर्माका दुई छोरा छन् । जेठो छोरा कौशलकुमार बर्मा इन्जिनियर छन्, कान्छो छोरा अरुण बर्मा भेरी अस्पतालमा डाक्टर छन् । यस्तै भाई पुर्वा अध्यापक युराज बर्माको ३ छोरी र १ छोरा छन् ।

  • १५ मंसिर २०७७, सोमबार ०८:०० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार