सरकारको आँखा नपरेको अल्प संख्यक समुदाय - Dastabej

सरकारको आँखा नपरेको अल्प संख्यक समुदाय

०६८ को जनगणनालाई आधार मान्ने हो भने मुलुकमा अल्पसंख्यक शिख समुदायको जनसंख्या शुन्य दशम्लब तीन प्रतिशत छ ।


  • दस्तावेज

  • नेपालगन्ज—अल्प संख्यक शिख समुदायले सोमबार गुरु नानक ज्यान्ती मनाईरहँदा फेरि पनि उनीहरुले पहिचानको मुद्दा अगाडि सारेका छन् । यसअघि उनीहरुले शहरमा र्याली गरी पहिचानको मुद्दा उठाउने गरेका थिए । तर कोरोनाका कारण उनीहरुले गुरुद्धारमा प्राथना गरेर ज्यान्ती मनाएका छन् । तर पहिचानको मुद्दा भने उठाए । ०६८ को जनगणनालाई आधार मान्ने हो भने मुलुकमा अल्पसंख्यक शिख समुदायको जनसंख्या शुन्य दशम्लब तीन प्रतिशत छ । करिव छ हजार हाराहारी मध्ये बाँकेको डुडवा गाउँपालिका ६ हिरमिनीया क्षेत्रमा करिव तीन हजारको बसोबास छ । तिनै समुदायले राज्यको हरेक निकयामा सहभागिताको माग गरेका छन् । उनीहरुले अल्पसंख्यक घोषणा, जातीय अग्राधिकार तथा सरकारी सेवा र सुविधामा आरक्षणको माग उठाउँदै आएका छन् । त्यससंगै सिख समुदायको गुरु नानक जयन्ती, बैशाखी, गुरु गोविन्द सिंह जयन्ती, गुरु अर्जुन देव सहिदी दिवस लगायतका पर्वमा सार्वजनिक बिदाको माग उठाएका छन् । त्यस्तै निजामती सेवा, सैनिक, प्रहरीमा भर्ना र राजनीतिक नियुक्तिको माग उनीहरुको छ ।
    ‘अल्पसंख्यक समुदाय भएर होला सरकारको आँखामा हामी परेका छैनौ । जसका कारण सबै अधिकारबाट बन्चित छौँ,’ शिख समुदायका प्रधान राजेन्द्र सिंह सरदार भन्छन्,‘त्यसैले हामीले सधै पहिचानको मुद्दा उठाउँदै आएका छौँ ।’ शिख समुदायको बिशेष चिन्ह भनेको ठूलो कपालमा फेटा, काँइयो, फलामको चुरा, कट्टु र कृपाण हुन । यही पहिचानले उनीहरु चिनिन्छन् । यि बिशेष परम्परागत पहिरनलाई पनि पहिचानको मान्यता दिन उनीहरुको माग छ ।
    गणतान्त्रिक संविधानले अल्पसंख्य समुदायलाई पनि राजनीतिक समाबेशीताको ग्यारेन्टी गरेको छ । तर उक्त समुदाय कुनै पनि राजनीतिक अवसर पाएका छैनन् । सरकारी सेवामा उनीहरुको उपस्थिती शुन्यजस्तै छ । ‘निर्वाचन आएपछि समाबेशीको कुरा उठ्छन् । पहिचान दिलाउने मुद्दा उठ्छन् तर अल्पसंख्य समुदायको कुनै सुनुवाई हुन सकेको छैन,’ शिख समुदायका प्रधान राजेन्द्र भन्छन्, ।
    स्थानीय तहको पुर्न संरचनापछि अल्पसंख्यक शिख समुदायले आफ्नो सघनताका भएका ईलाकालाई संरक्षित क्षेत्र तोक्न आग्रह गरेका छन् । हालसम्म कुनै पनि सरकारले अधिकार नदिएको उनीहरुको गुनासो छ । तर उनीहरुले आफ्नो मागलाई सम्बोधन गराउन प्रयासरत छन् । शिख समुलायका युवा बिरेन्द्र सिंह सरदारले राजनीतिक दल र सरकारले आफूहरुलाई उपेक्षा गरेको गुनासो गर्छन । ‘भोट माग्ने बेलामा अधिकार दिन्छौ भन्छन् जितेपछि सबै बिर्सिन्छन्,’ उनले भने ।

  • १५ मंसिर २०७७, सोमबार १६:४९ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा