बाँकेको जानकी गाउँपालिका ५ बनियाँ गाउँमा स्थानीयहरु बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही वडाका धनिराम यादव रहेका छन् । झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
अहिले उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घट्नामा संग्लन ४ जनालाई प्रकाउ गरिएको छ । हरेक वर्ष पूर्णिमाका दिन सोही ठाउँमा लाग्ने गुरुवा गाउँ मेलामा सामान्य विवाद भएपछि प्रहरीले दुबै पक्षलाई सम्झाएर पठाएको थियो ।