नेपालगन्ज—भनिन्छ, जीवन संघर्ष हो । हरेक सफलताका लागि संघर्ष आवश्यक छ । माध्यम बर्गीय धनि बन्नका लागि संघर्षरत छन् । धनिहरु अर्बपति बन्न संघर्षमै छन् । तर बाँच्नैका लागि गरिने पारिश्रम भने बास्तविक संघर्ष हो ।
हामीले यस्तै संघर्ष गरिरहेका निम्न वर्गीय व्यक्तिहरुको कथालाई समेट्ने प्रयास गरिरहेका छाँै । कोही दुई छाककै लागि पुरै परिवार व्हील चियरमा माग्दै हिडेका देखिन्छन् । कोही गाडी धोईरहेका भेटिए ।
मोटर साईकल मर्मतदेखि टायर पन्चार बनाउने ग्यारेजमा काम गरिरहेका युवाहरुले गरिरहेको श्रम लोभलाग्दो छ । तर के उनीहरु परिवार पाल्ने पारिश्रमिक पाएका छन् त ? कपाल काट्ने शैलुन, चटपटे बेचिरहेका युवा, रिक्सा चलाई रहेका महिला, साईकलमा तरकारी बिक्री गर्ने युवाहरुको अनेक संघर्षका कथा छन् ।
सन्चार माध्यमहरु दैनिक थपिदै छन् तर यस्ता वर्गको मुद्दा भने ओझेलमा पर्दै गएको उनीहरुको गुनासो छ । कामका लागि त्रिभुवन चोकमा जम्मा हुने मजदुरको भिडले लोकतन्त्रको अनुभुति कसैले गर्दैनन् ।
‘हाम्रो समाचार बन्दैनन् किनभने हामी मजदुर हो । तर नेता र मन्त्रीका समाचार भने पलपल मिडियामा आईरहन्छन्,’ बसपार्कका मजदुर सोनु शेष भन्छन् ।
मजदुरका लागि भारत पस्नु पर्ने नेपालीहरुको दैनिकीले कसको मन पोल्दैन ।
युवाहरु रोजगारी नपाएर भारत जानु पर्ने बाध्यता रहेको गुनासो गर्छन । चिसो सिजनमा जाडोको पारवाह नगरी पोखरीमा माछा मार्ने मजदुरलाई सोध्नुस जाडो कतिको छ ? अनि चिसोमा ठेला तान्दा पसिनाले निथु्रक भिजेका मजदुरलाई सोध्नुस जाडो भएको छैन र ?