नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार – Dastabej

नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार


  • sunpani.com

  • नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार गरिएको छ । नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लक्ष्यका साथ अघि बढेको सरकारले २८ करोड ५३ लाख बजेट खर्चेर पार्किङस्थल बढाएको हो । पार्किङस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो ।
    मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि मास्टर प्लान बनाएर अघि बढेको बताउनुभयो । मन्त्री भट्टराईले पश्चिम नेपालगञ्ज र पूर्वमा विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिनुभयो । ‘नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य हो, मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यसका लागि चार अर्बको लगानी गर्दैछौं ।’ उहाँले टर्मिनल भवन, रनवे विस्तारदेखि भौतिक पूर्वाधारमा ४ अर्ब खर्च गर्न थालेको बताउदै विमानस्थल विस्तारमा आसपासका जग्गा अधिग्रहण गर्दा अझ लगानी हुने बताउनुभयो ।

  • १६ मंसिर २०७७, मंगलवार १६:२१ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा