नेपालगन्ज— नेपालगन्जको धम्बोझीस्थित कमल इन्टरप्राइजेजमा मंगलबार राति साढे १० वजे भएको आगलागीमा करोडौंको क्षति भएको छ । उक्त प्राइजेज
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीको हो र उनका खनुसार आगलागीमा करिव दुई करोडको क्षती भएको छ । उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर नष्ट भएको छ । दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।