बढैयाताल गाउँपालिका ५ स्थित श्री नेपाल राष्ट्रिय इन्दीरा भुसाल माबि बढैयाताल गाउँको प्रधानाध्यापक गंगा चौधरी ।
नेपालगन्ज—बर्दियामा संस्थागत र सामुदायिक गरी १ सय ९ माध्यमिक बिद्यालय छन् । तर महिला हेडमास्टर (प्रधानाध्यापक) को जिम्मा जम्मा ५ महिलाले पाएका छन् । स्थानीय सरकारले शिक्षक संयोजन गर्न थालेपछि हेडमास्टर महिलाको संख्या केही बढेको हो । यसअघि बर्दियाका सामुदायिक बिद्यालयमा दुई जनामात्रै महिला हेडमास्टर थिए । बर्दिया बढैयाताल गाउँपालिका ५ स्थित श्री नेपाल राष्ट्रिय इन्दीरा भुसाल माबि बढैयाताल गाउँको बिद्यालयको प्रधानाध्यापक थारु समुदायकी गंगा चौधरी भएकी छन् । उनी बर्दियास्थित माबिका एक्ली थारु समुदायकी प्रधानाध्यापक हुन । त्यस्तै मधेसी समुदायमी मामता पाठक ठाकुरबाबा नगरपालिकास्थित किसान माबिका प्रधानाध्यापक बन्न सफल भएकी छन् । पालिकाले शिक्षक संयोजन गरेपछि उनी हेडमास्टर बन्ने अवसर पाएकी हुन । ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले मधेसी समुदायकी महिलालाई प्रधानाध्यापक बनाउन पाएकोमा खुसी व्यक्त गरे । ‘महिला त्यो पनि मधेसी समुदायकीलाई प्रधानाध्यापक बनाउन पाएकोमा खुसी लागेको छ,’ उनले भने,‘महिला समाबेशीका मुद्दालाई व्यवहारमै कार्यान्वयन गर्ने प्रयास गरिरहेका छौँ ।’
ठाकुरबाबा नगरपालिकास्थित किसान माबिका प्रधानाध्यापक मामता पाठक ।
बढैयातालस्थित नेपाल राष्ट्रिय इन्दीरा भुसाल माबिका प्रधानाध्यापक सेवानिवृत पाएपछि गंगा प्रधानाध्यापक बन्ने अवसर पाएकी हुन । उनी तीन वर्षदेखि प्रधानाध्यापक भएकी हुन । उनी प्रधानाध्यापक भएपछि बिद्यालयको भौतिक तथा पढाईमा ब्यापक सुधार आएको छ । ‘प्रधानाध्यापक बन्न पाएकोम निकै खुसी छु । किनभने हाम्रो समुदायको कोही महिला हेडमास्टर हुनुहुन्न,’ उनले भनिन्,‘पहिले हेडमास्टर काम गर्दा अप्थ्यरो लाग्थ्यो । अहिले सहज भएको छ ।’
बाँसगढी नगरपालिको पृथबी माबि लखनाको प्रधानाध्यापक तुलसी अधिकारी ।
बाँसगढी नगरपालिको पृथबी माबि लखनाको प्रधानाध्यापकमा तुलसी अधिकारी छन् । पालिकाले शिक्षक संयोजन गरेपछि उनी प्रधानाध्यापक बनेको शिक्षा प्रमुख मनप्रसाद रेग्मीले बताए । त्यस्तै मधुवन नगरपालिकाको शुक्र माबिमा एलीजा जिसी र गेरुवा गाउँपालिकाको पशुपति माबिको प्रधानाध्यापकमा नन्दकला खत्री रहेको जिल्ला शिक्षा तथा समन्वय ईकाई समितिका प्रमुख रेबीका आमत्याले जनाईन ।
गेरुवा गाउँपालिकाको पशुपति माबिको प्रधानाध्यापक नन्दकला खत्री ।