नेपालगन्ज— नेपालगन्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई समाग्री सहयोग गरेको छ । उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गरे । नगर प्रमुख डा. धवलशम्शेर राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गरे । उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग गरेको हो ।
उपप्रमुख उमा थापा मगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाईजर, पिपिई, गम्बुट लगायतका १४ प्रकारका सामग्री उपलब्ध गराइएको जानकारी दिईन । नेपालगञ्जमा ३५० जना सरसफाई कर्मचारी कार्यरत रहेका छन्