कोरोना संक्रमणबाट कोहलपुर नगरपालिका २ का ७४ वर्षीय बृद्धको बुधवार राती २ बजे मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत उनको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार उनी मंसीर ६ गते अस्पताल भर्ना भएका थिए ।
योसँगै कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको सँख्या ३९ पुगेको छ ।