नेपालगन्ज— कामको सिलसिलामा नेपालगन्जबाट घर तर्फ आउँदै गर्दा बुधबार राती कोहलपुर चौराहा नजिक कोहलपुरका बिद्यार्थी नेता लक्ष्मण मानव माथि आक्रमण भएको छ । उनको टाउको र निधारमा चोट लागेको छ । करिव राति १० बजेको सयममा कोहलपुर चौराहा हुदै मुख्य राजमार्ग बाटै उत्तर तर्फ जाँदै गरेका उनलाई आक्रमण गरिएको हो । उनी नेकपा निकट बिधार्थी संगठन अनेरास्वबियूको जिल्ला सचिवालय सदस्य एंव कोहलपुर नगर अध्यक्ष हुन ।
ईलालका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले प्रहरीलाई जानकारी लगतै आक्रमणकारीहरुको खोजीकार्य तिब्र पारिएको जानकारी दिए ।