फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको कोरोनाले निधन - Dastabej

फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको कोरोनाले निधन


  • दस्तावेज

  • ekantipur.com
    काठमाडौँ — फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बुधबार निधन भएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ । समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।
    फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार् अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए । सन् १९८१ मा राष्ट्रपति पदका लागि चुनाव लडे पनि उनी समाजवादी फ्राँस्वा मितेरँसँग पराजित भएका थिए । फ्रान्सली समाजको आधुनिकीकरण, गर्भपतनलाई वैधता, आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झार्ने काम दिस्तँले गरेका थिए ।
    साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जोड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बाहिरिने विषयमा जनमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई युनियनमै रहन पनि आग्रह गरेका थिए ।
    ekantipur.com

  • १८ मंसिर २०७७, बिहीबार ११:०६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार