बदलियो जमाना (फोटोसहित) - Dastabej

बदलियो जमाना (फोटोसहित)

आजकालका युवा मोटरसाईकलमा हलो बोक्न थाले । कोरोनाका कारण आजभोली नवदम्पत्य जीवनम बाँधिने क्रममा दुलहा र दुलहीले मास्क लगाउनु पर्ने बाध्यता आईलाग्यो ।


  • दस्तावेज

  • नेपालगन्ज— अकासमा साईकल सर र ..। धेरैलाई लाग्न सक्छ यो सम्भव हुने कुरै होईन । तर नेपालगन्ज उपमहानगरपालिका बाले गाउँमा हालै सन्चालनमा ल्याइएको हाम्रो प्लानेटले भने अकासमा साईल गुडाउने अवसर जुराई दिएको छ । युवा उद्यमी ओमप्रकास मिश्राले सन्चालनमा ल्याएको एस्काई साईक्लिङको मजा लिन दैनिक सयौं सर्वसाधारण पुग्छन् । करिव डेढ सय मिटर लम्बाई रहेको एस्काई साईक्लिङ मुलुककै पहिलो भएको सन्चालक मिश्राले जनाए ।

    कुनै दिन थियो, महिलाहरु घरकै काममा सिमित रहनु पर्छ । राजनीति कुन चराको नाम हो भन्ने थियो । अझ थारु समुदायका महिलाहरुका कुरै नगरौ, उनीहरु राजनीतिबाट निकै टाढा थिए । तर पछिल्लो समयमा भने उनीहरुको लगाव राजनीतिमा बढ्न थालेको छ । बाँकेको कोहलपुर नगरपालिकाको उपमेयर सन्जुकुमारी चौधरी छिन् । बर्दियाको बाँसगढी नगरपालिकामा सुषमा चौधरी, बारबर्दियाको उपमेयरमा अन्जु दहित, ठाकुरबाबा नगरपालिका उपमेयर कृष्णाकुश्मा थारु, मधुवन नगरपालिकाको उपप्रमुखमा सुवरानी थारु, गेरुवा गाउँपालिकामा हिमाकुमारी थरुनी र राजापुर उपमहानगरपालिकाको उपमेयरमा मनकला कुमारी चौधरी छन् । जमाना अनुसार थारु महिलाहरुको सहभागिता राजनीतिमा बढ्दै छ ।

    बाँकेको कोहलपुर नगरपालिकाको उपमेयर सन्जुकुमारी
    महिला मालमी जानुहुँदैन भन्ने मान्यतालाई केही अभियन्ताहरुले तोडेका छन् । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका पुजा विश्वकर्मा लगायतले बेवारिसे शवको दाहसंस्कार गर्दै आएका छन् । मलामी जानेबाट महिलालाई रोक्ने संस्कारलाई यो अभियानलाई केही हदसम्म तोडेको छ ।

    हलो काँधमा बोकिन्थ्यो । आजकालका युवाहरु भने मोटरसाईकलमा बोक्न थालेका छन् । प्रविधिको विकाससंगै युवाहरु पनि त्यसतर्फ आकर्षित हुनु स्वभाविक हो ।

    विवाह हुँदा मास्क लगाईन्थ्यो र ? तर कोरोनाका कारण आजभोली नवदम्पत्य जीवनम बाँधिने क्रममा दुलहा र दुलहीले मास्क लगाउनु पर्ने बाध्यता आईलाग्यो । मास्क लगाएका दुलहा र दुलहीको फोटो सार्वजनिक सन्जालमा निकै भाइरल बनिरहेको छ । जमाना बदलिदै गएसंगै नयाँनयाँ रोग पनि देखिन थालेको छ ।

  • १९ मंसिर २०७७, शुक्रबार ०८:४५ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न