काठमाडौँ — भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ । सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन् । मन्त्री ज्ञवालीले सांसदहरू पुरानै कुरामा अडेर बसेको भन्दै व्यंग्य पनि गरेका छन् । ुसामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,ु उनले भने, ुउहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री ९नरेन्द्र मोदी०को सन्देश लिएर आउनुभएको हो । भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, ुकूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ? नेपाल(भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढ्यो । परराष्ट्रमन्त्री
दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको ज्ञवालीको भनाइ थियो । ुकहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्,ु उनले थपे, ुनाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र रु त्यसकारण यसलाई ९सामन्तकुमार गोयलको भ्रमण० ठूलो विषय बनाउनु पर्दैन । रअु प्रमुखसँग प्रधानमन्त्रीले राति सुटुक्क भेट्ने कुरा मिलेन ? रावल
गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो । प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले त्यलाई अपारदर्शी भन्न नहुने ज्ञवालीको तर्क थियो । गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलालगायतको भ्रमण भएकाले रिजल्ट आएकोतर्फ ज्ञवालीले संकेत गरेका हुन् । गोयलले भ्रमण गरेर फर्किएपछि भारतीय सेनाध्यक्ष नरवणे र विदेशसचिव श्रृंगला नेपाल आएका थिए ।