जसको पहलमा बाँसगढीमा रारा र सीजी भित्रियो – Dastabej

जसको पहलमा बाँसगढीमा रारा र सीजी भित्रियो

अन्र्तराट्रियस्तरको उद्योग भित्रिएपछि युवाहरु रोजगारी पाउन थालेका छन् ।


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेको नेपालगन्ज क्षेत्रमा पाईलै पिच्छे साना ठूला उद्योग छन् । नेपालगन्जभित्रै औद्योगिक क्षेत्र छ । जानकी गाउँपालिकामा उद्योगैउद्योग छन् । कोहलपुर क्षेत्रमा उद्योग थपिने क्रम जारी छ । बैजनाथको नौबास्तामा अन्र्तराष्ट्रियस्तरको औद्योगिक क्षेत्र निमार्णको योजना कार्यान्वयन गर्ने कार्य सुरु भएको छ । तर छिमेकी जिल्ला बर्दियामा भने ठूला उद्योग करिव शुन्य छ । तर बाँसगढी नगरपालिकाले भने अन्र्तराष्ट्रियस्तरको दुई ठूला उद्योग भित्रियाउन सफल भएको छ । अन्र्तराष्ट्रियस्तरको उद्योग भित्रिएपछि युवाहरु रोजगारी पाउन थालेका छन् । विश्वभरी शाखा रहेको चौधरी ग्रुप (सीजी) कम्पनी र पोखरा नुडल्स प्रालिले बाँसगढीमा शाखा बिस्तार गरेका हुन । सिजीले वाईवाई र पोखरा नुडल्स प्रालिले रारा नामक चाउचाउ उत्न्पादन गर्दै आएको छ । दुबै ब्रान्डको चाउचाउ संसारभरी लोकप्रिय छ । सिजीमा करिव दुई सय स्थानीय युवाले रोजगारी पाएका छन् । राराले केही दिनमै आफ्नो सेवा सुरु गर्दै छ । उक्त कम्पनीमा पनि दुई सय बढी युवाले रोजगारी पाउने नगरप्रमुख शालिकराम अधिकारीले जनाए । ‘सबैको सहयोगमा दुई ठूला अन्र्तराष्ट्रिय उद्योग बाँसगढीमा भित्रियाउन सफल भएका छौँ । अझै पनि ठूला उद्योग भित्रियाउनका लागि पहल भइरहेको छ,’ उनले भने,‘बाँसगढीलाई औद्योगिक हबको रुपमा बिस्तार गर्न नीतिगत निर्णय गरिसकेका छौँ ।’ उनले ठूला उद्योगहरुलाई आकर्षित गर्न कर लगायतका सुविधानमा सहलियत दिने जनाए । युवाहरुलाई रोजगारी सृजनाका लागि उद्योग आवश्यक रहेको उनले बताए । ‘मुख्य कुरा युवाहरुलाई रोजगारी दिनु नै हो । त्यो हाम्रो प्राथमिकतामा पर्छ,’ उनले सुनाए ।
    बेरोजगारीकै कारण यहाँका हजारौ युवाहरु मजदुरी खोज्दै भारत जाने गरेका छन् । सयौँ युवाहरु कामको खोजिमा बैदेशिक रोजगारीमा जाने गरेका छन् । जसका कारण दक्ष र युवा जनशक्तिहरु विदेश पलायन भइरहेका छन् । युवाहरु बिदेश जाने गरेका कारण खेति गर्ने जनशक्तिमा कमी आएको छ । ‘उद्योग स्थापना गर्न सके बेरोजगारी समस्या समाधान हुनसक्छ,’ नगर प्रमुख अधिकारी भन्छन् ।

  • १९ मंसिर २०७७, शुक्रबार १५:१४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा