सल्यान — बहुविवाह गरेको आरोपमा सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपीत दुबैजना लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालका प्रहरी प्रवक्ता
प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।