नेपाली काँग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपालगन्ज वडा नं. १३ मा बनाईएको ब्याडमिन्टन कोर्टको खेल खेलेर उद्घाटन गर्नुभएको छ ।
वडा नं. १३का वडा अध्यक्ष विरेन्द्र बहादुर शाह र केन्द्रिय सदस्यले खेल खेलेर ब्याडमिन्टन कोर्टमा खेलको शुरुवात गरेका थिए ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता राठौरले नेपाली काँग्रेसले खेलकुद क्षेत्रको प्रवर्दन गर्न काँग्रेस सधै कटिबद्ध रहने कुरा बताउनु भयो । उहाँले खेलाडी र प्रशिक्षको हक हित सहित उनिहरुको संरक्षणकालागी काँग्रेस सँधै प्रतबद्ध रहेको बताउन भयो ।
काँग्रेसका युवा नेता राठौरले नेपाली काँग्रेस कम्जोर भए लोकतन्त्र कम्जोर हुने समेत बताउनुभयो ।
कार्यक्रममा वडा नं १३का सचिव मदन बहादुर रावतले स्वागत गरेका थिए ।
वडा नं.१३का अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरका उप मेयर उमा थापा,काँग्रेस महासमिति सदस्य राकेश बहादुर श्रीवास्तव लगाएतकाले मनतब्य राखेका थिए ।