नेबिसंघ सल्यानले आफ्नो सुरक्षा आफै गरौ,मास्क र सेनिटाइजर प्रयोग गरौ कोरोना भाइरस बचौ भन्दै जिल्लाब्यापी अभियान सन्चालन गरेको छ।
शुक्रबार सल्यान खलंगाबाट शुरु भएको अभियान एकै दिन खलंगा र श्रीनगरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पत्रकारको लागी पत्रकार महासंघका अध्यक्ष प्रतिक इच्छुक शर्मा र सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाइ मास्क, पन्जा, सेनिटाइजर वितरण गरिएको थियो भने सहभागी सबैलाइ मास्क तथा सेनेटाइजर प्रदान गरिको थियो ।
खलंगामा भएको कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जिल्लाभरी कोरोनाको उच्च जोखिम रहेकोले आमजनसमुदाय सचेत र सहजक रहन आग्रह गरे ।उनिले भाइरस लाई निर्मुल पार्नको लागि अहिलेको परिस्थितिमा आमसमुदाय नै चनाखो हुनुपर्ने बताए।
सो अभियान चलाइरहेका नेविसंघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले कोरोना भाइरस हामीले सोछे जस्तो सामान्य नरहेकोले यसको प्रभाव अझै कायमै रहेकोले सजग बन्नु पर्ने बताए ।
सरसफाइ गरौं, सावुनपानीले हात धोऔं, मास्क सेनिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, आफु बचौ र अरुलाइपनि बचाऔ भन्ने नारा सहित सुरुवात गरिएको अभियान जिल्लाको श्रीनगर,थारमारे,कपुरकोट,लुहाम,सल्लिबजार लगायतका ठाउमा पुगेर टुंगिने नेपाल विद्यार्थी संघ सल्यानका प्रबक्ता मोहन ओलिले जानकारि दिएका छ्न ।