हुम्लाको सिमकोटमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु - Dastabej

हुम्लाको सिमकोटमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • दस्तावेज

  • हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एक बालकसहित ७ जना घाईते भएक छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नंम्बरको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा डाडाफयामा राती १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबं प्रहरी निरीक्षक वसिताराम बिष्टले जानकारी दिए । दुर्घटनामा परि १ जना महिलासहित ४ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बालकसहित ५ जनाको अबस्था सामान्य भएको जिल्ला अस्पतालका डा. टसि अंङजुक लामाले बताए । बलेरो जिप मुल सडक भन्दा करिब ६सय मिटर दक्षिणमा खसेको हुम्ला प्रहरीका प्रबक्ता बिष्टले बताए ।हुम्लाको रेडियो कैलासले समाचार लेखेको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए । राती भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताए ।

  • २० मंसिर २०७७, शनिबार ०८:०४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार