नेपालगन्ज– कोरोना भाइरका कारण गुलरिया नगरपालिका(७ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार उनको भेरी अस्पतालनेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई र्मसिर ९ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए । शनिबार बिहान सवा २ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बर्दियामा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।