नेकपा सचिवालय बैठक बालुवाटारमा, ओली पनि उपस्थित - Dastabej

नेकपा सचिवालय बैठक बालुवाटारमा, ओली पनि उपस्थित


  • ekantipur.com

  • काठमाडौँ — पार्टीभित्र बढ्दो तनावकाबीच नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठक अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। ओली बुधबारको बैठकमा पनि अनुपस्थित थिए । त्यसपछि बुधबारको सचिवालय बैठकले यसबाहेक बैठकले पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो । भोलि स्थायी कमिटीको बैठक बोलाइएको पूर्वसन्ध्यामा नेकपाका सबै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ ।
    ओलीले अनौपचारिक संवादमार्फत दुई अध्यक्षवीच सहमतिपछि मात्रै बैठक बस्ने अडान लिएका थिए । उनले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान पनि राखेका छन् । अर्कोतिर ओलीले संक्रमणकालीन कमिटीबाट बहुमत–अल्पमतका आधारमा निर्णय हुन नसक्ने आफ्नो मत पनि राखेका छन् । तर, दाहाल नेपालपक्ष भने सहमति नभए विधि अनुसार नै बहुमत–अल्पमतमा जानुपर्नेपक्षमा छ ।
    ओली निकट नेताहरुले दुवैले राजनीतिक प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र २६ भदौमा सम्पन्न स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने बताएका छन् । बुधबारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, मंसिर २० मा सचिवालय र मंसिर २१ मा स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो । मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल गर्न प्रस्ताव गरेका थिए ।

  • २० मंसिर २०७७, शनिबार १४:३६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार