गाउँमा तीन करोडको होटेल - Dastabej

गाउँमा तीन करोडको होटेल

बढैयाताल गाउँपालिकाको बन्यो शान, स्थानीय युवाले पाए रोजगार


  • दस्तावेज

  • नेपालगन्ज— बर्दियाका युवा व्यवसायीले बढैयाताल गाउँपालिका ६ मैनापोखरमा तीन करोड बढी लगानीको होटल सन्चालनमा ल्याएका छन् । पालिकाको सदरमुकाम तोकिएपछि व्यवसायीकरुपमा होटल सन्चालमा ल्याइएको हो । सुनगाभा नाम दिइएको होटलमा आधा दर्जन बढी युवाको लगानी छ । उक्त होटल दुरीको हिसाबले बर्दियाको सदरमुकाम गुलिरिया र बाँकेको सदरमुकाम नेपालगन्जको बीच भागमा पर्छ ।

    नेपालगन्ज—हुलाकी राजमार्ग छेउमै निमार्ण गरिएको होटेलले केही स्थानीय युवाहरुलाई रोजगारी दिएको छ । पालिकालगायत सरकारी कार्यलय र गैरसरकारी संघसंस्थाहरुलाई कार्यक्रममा सहयोग पुगेको छ । बढैयाताल गाउँपालिका उद्योग बाणिज्य संघका अध्यक्ष तथा युवा व्यवसायी बालकृष्ण लामीछाने, बाँसगढी नगरपालिका उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारु, बाबुराजा पौडेल, दामोदार अधिकारी लगायतका युवाहरुले गाउमा पहिलो पल्ट होटेल सन्चालनमा ल्याएका छन् । एसीसहितका बस्ने कोठा, बगैचा र कार्यक्रमका लागि सभा हल निमार्ण गरिएका छन् । बढैयाताल गाउँपालिका उद्योग बाणिज्य संघका अध्यक्ष लामिछानेले स्थानीय युवाहरुका लागि रोजगार सृजना गर्न होटेल सन्चालन गरेको बताए । उनका अनुसार होटेलमा एक दर्जन स्थानीयले रोजगारी पाइसकेका छन् ।

    ‘गाउँपालिकाको राजधानी तोकिएपछि मैनापोखर गाउँमा करोड लगात बढीको होटेल सन्चालमा ल्याएका छौँ । यसले रोजगारी सृजना गर्नुकासाथै बाहिरबाट आउने पहुनालाई पनि सेवा पु¥याएको छ,’ उनले भने,‘अझै व्यवसायिकरुपमा होटल सन्चालनका लागि थप योजनाहरु ल्याउ“दै छ । त्यसैगरी लगानीको अनुपत पनि बढाउँछौँ ।’ यसअघि उक्त गाउँमा बस्न र खानपीनका लागि राम्रो होटेल नहुँदा बाहिरबाट आउने पहुनाहरुलाई समस्या हुँदै आएको थियो । त्यही समस्यालाई सम्बोधन गर्न व्यवसायिक होटेल सन्चालनमा ल्याइएको हो । शान्त वातावरणमा गाउँको परिकारले पहुना तानेको छ । स्थानीय किसानले उत्पादन गरेका तरकारी प्रयोग गरेपछि उनीहरुलाई बजार खोज्ने झन्झट हटेको छ । होटेलको सेवालाई थप प्रभावकारी बनाउन लक्ष्य रहेको लगानीकर्ताले बताए । त्यसका लागि स्वीमिङ पुल लगायतका पुर्बधारहरु निमार्णको तयारी भइरहेको छ । त्यस्तै, बर्दियाको गुलरियामा पनि करोडौको लगानीमा कृष्णासार रिसोर्ट सन्चालनमा आएको छ । त्यहाँ स्वीमिङ पुल लगायतको व्यवस्था छ ।

  • २० मंसिर २०७७, शनिबार १४:५८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार