स्वयमसेविकालाई सम्मान – Dastabej

स्वयमसेविकालाई सम्मान


  • दस्तावेज

  • नेपालगन्ज उपमहानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले स्वयम सेविकाहरुलाई सम्मान गरे । सम्मान कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नगर समितिका अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयमसेविका नारायणी रुपाखेती लगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताए ।
    सो अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्वयमसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताईन ।

  • २० मंसिर २०७७, शनिबार १५:१० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता