नेपालगन्ज– कोरोना संक्रमणपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएका सुदुरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिका ६, कैलालीका ३५ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको आईतबारसवा ४ बजे मृत्यु भएको हो । मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर १५ गते नमूना संकलन गर्दा कोभिड–१९ पुष्टि भएको थियो । यो सँगै बाहिर जिल्लाबाट बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या ६२ पुगेको छ ।