विवाहमा विकृती – Dastabej

विवाहमा विकृती

पछिल्लो सयम मन पराई सकेपछि केटाले केटीलाई घरमा ल्याउन थालेका छन् । विवाह नगर्दै छोराछोरी जन्मेका छन् ।


  • दस्तावेज

  • नेपालगन्ज— बिहे सुरुको पहिलो दिन दुलहा पक्षले एकाबिहान चाउर (चामल) लिएर दुलहीको घर पुग्थे । बागाजागासहित पुगेको टोलीले पटका पडाएर आएको जनाउ गर्थे । दुलही र आमाको रुवाबास चल्थ्यो । अर्को घरमा जानुपर्ने बाध्यता आईलाग्दा दुलही रोएरै पीडा पोख्थे । नौ महिना पेटमा राखेर जन्म दिएको लाड्ली छोरीलाई पराईलाई सुम्पिनु पर्दाको पीडाको क्षाण आमाले आँशु बगाएर व्यक्त गर्थिन । चामल दिन आएका दुलहा पष्को बिदाईपछि घरमा पूजा चल्छ । भोलीपल्ट साँझ दुलहाको बरात दुलही घरमा आईपुग्छ । उहिले थारु राजाले लगाउने जामा, फेँटा, जुत्तामा दुलहा सजिन्थे । हाल कोट पाईन्ट र घाँटीमा टाई बाँध्ने चलन बढेको छ । चन्डोल चढ्थे हाल जीप कार र बसमा बरात पुग्छ । दुलहासंगै अनिवार्यहरुमा छैबलवा (दुलहाको भाई) संगै बरात जानु पर्ने परम्परा हालसम्म कायमै छ । बरातलाई गाउँभरीका सर्वसाधारणहरुले स्वागत गर्थे । पुरुषले फाग पढ्दै दुलहालाई गाउँभरी घुमाउने चलन थियो । महिलाले माँगर गीत गाउथे । भोलीपल्ट साँझ दुलहीको बिदाई हुन्थ्यो । त्यसअघि बिहान सम्धी जोध्ने, सालीहरुले भिनाजुसंग मजाक गर्ने परम्परा छ । दुलही दुलहा घरमा जाँदा संगै भाउजु, फुपु नाता पर्ने महिला लकोडी बनेर जानुपर्ने परम्परा छ । एक रात दुलहको देउता बस्ने मिन्झारीमा सुत्ने र अर्को साँझ दुलही आफ्नै घरमा फर्किन्थिन । थारु समुदायमा बिशेष गरी फागुनमा बढी विवाह हुने चलन थियो । त्यसको छ महिनापछि असोज (अगहनमा) मात्रै दुलही दुलहको घरमा जाने परम्परा थियो । ‘अहिले त विवाह गर्ने संस्कार र परम्परा नै पूर्णरुपमा बदलीसक्यो । अरुको घरमा जानु पर्ने चिन्ताले दुलही रुन्थे । अचेल मजाले हाँस्दै दुहलीहरु दुलहासंग गएको देख्न सकिन्छ,’ गोबिन्द चौधरी भन्छन्,‘विवाहमा पनि बिकृति बढ्दो छ । एकैदिनमा विवाह सक्ने दिन आईसक्यो ।’
    पछिल्लो सयम मन पराई सकेपछि केटोले केटीलाई घरमा ल्याउन थालेका छन् । विवाह नगर्दै छोराछोरी जन्मेका छन् । यसअघि विवाह नहुँदासम्म केटी केटाको घरमा आउन निषेध थियो । छोराछोरी जन्माई सकेपछि पनि निम्तो छापेरै विवाह हुन गर्ने नया परम्परा भित्रिएको छ । यस्ता विवाह गर्ने दम्पत्तीको विवाह छोराछोरीले खान पाएका छन् । ‘यो तरिकाले विवाह गर्नु परम्परामाथिको प्रहारमात्रै होईन बिकृति ल्याउनु पनि हो । पहिले केटाले भगाएर केटी ल्याए पनि भोज हुँदैन्थ्यो । परर्छौटी गरेर दुलही भित्रियाईन्थ्यो,’ थारु समुदाययका बडघर चन्द्रबहादुर चौधरी भन्छन्,‘थारु समुदायको संस्कृति हराउनुका साथै परम्परामा पनि बिकृती भित्रिरहेको छ ।’
    विवाहमा माँगर, दिउली फोर्न, चाउर धुने, फाग पढ्ने, थरीथरीका गीतहरु गुन्जिन्थे । अचेल चर्को डिजेको आतंक छ । हिन्दी, पप र डिजे गीतले विवाहको रौनकता घटाएको छ । सडक अवरुद्ध गरी महिलाले नाच्ने गलत परम्पराको विकास भएको छ । माँगर त गाउँनै छाडिसके । आमाले दुलहा बनेको छोरालाई सुनाउने गीत मुस्किलले सुनिन्छ । दुलही बिदाई हुने भावबिहल महोल देख्न छाडिसके । जसका कारण थारु समुदायको संस्कृति संरक्षणमा निकै ठूलो चुनौती थपिएको छ । ‘भएको पुरानो पुस्ताले माँगर गएर केही परम्परा जोगाएका छन् । नयाँ पुस्तालाई भने कुनै परवाह छैन,’ बडघर चौधरी भन्छन्,‘पहिले चार÷पाँच दिनसम्म भोज चल्थ्यो । अचेल एकै दिनमा भोज गर्ने चलन बढेको छ ।’ धेरै दिनसम्म विवाह गर्दा खर्च बढी हुने भन्दै छोट्याएर विवाह गरिन थालेको हो । तर एकै दिनमा विवाह गर्दा खर्च कम भएपनि बिकृती बढेको र परम्परा नास भएकोमा पुर्खाहरु चिन्तित छ । पुर्खाले त्यसै विवाह गर्ने परम्परा नबनाएको उनीहरुको तर्क छ । माघ, फागुनमा तरकारी, चामल पर्याप्त हुने र मौसम पनि निकै अनुकुल हुने भएकाले पुर्खाहरुले विवाहका लागि यो सिजन रोजेका हुन । त्यस्तै दुई दिन लगाएर विवाह गर्दा कामको चाँप कम हुने, टाढाका आफन्तसंग भेट हुने भएकाले पनि लामो विवाहको परम्पराको विकास भएको हुनसक्छ । थारु समुदायमा मंसिरेदेखि फागुनसम्म बिहेको महिना मानिन्छ । थरीथरीका माँगर गाईन्छ । सम्धीसम्धी जोड्ने छुट्टाछुट्टै गीता गाउनु पर्छ । दुलहा पक्ष र दुलही पक्षले गाइने माँगर पनि फरक छन् । बरातीको स्वागतमा गाउ“का किसानले फाग पढ्छन् । महिलाले माँगर घन्काउछन् । दुलहाका आमाले पनि मा“गर गाउने गर्छन । यसरी ।
    नौ महिना पुटा कोखियमा रहलो रे सराशरीर दुध पिलो रे ।
    एकादिन गैलो पुटा ससुरा दुवारीया, ससुराका कैलो बयाना ।

    अर्थात ः छोरा तिमी मेरो कोखमा नौ महिना रह्यो । रातदिन दुध खायौ । तर एक दिनमात्रै के ससुराली गयौ“, ससुराको बयान गर्न थाल्यो । आमाले यसरी छोरासंग गुनासो गर्दा जो कोही भावुक बन्छन् । दुलही पक्षले माँगर गाएर बिदाई गर्दा सबैको आँखा रसाउँछ । ‘बिहेका बेला गाईने मा“गर गीत रमाईलोका लागि पनि छ । तर कतिपय गीतले मान्छेलाई रुवाई दिन्छ । कतिपय गीत गाउँदै भक्किनिन्छन्,’ लामो समयदेखि माँगर गाउँदै आएकी सीतारानी चौधरी भन्छन्,‘माँगर गीतले दुलहा पक्षलाई छेडछाड पनि गरिन्छ ।’ उनका अनुसार पछिल्लो समय मा“गर गाउ“नेहरुको खोजि गर्नुपर्छ । ‘एउटामात्रै गाएर हुँदैन सामूहिक हुनुपर्छ,’ उनले भनिन् । सयौं वर्ष पुराना थारु गीत समयपच्छिे फरक रहेपनि संरक्षण हुनसकेको छैन ।’
    विवाह हुनु अगावै थारु समुदायमा थुप्रै रितीरिवाज र परम्परा पूरा गर्नु प¥थ्यो । केटी र केटीबिच माँग्नी भएपछि पक्कापोरी (पक्कापक्की) केटा पक्षले खुवाउनु प¥थ्यो । यो समयमा केटा र केटी पक्षले एकअर्काका बारेमा बुझ्न पाउँथे । कुरा सकारात्मक अगाडि बढेपछि लेनदेन पूर्णरुपमा पक्का भइसकेको घोषणा गर्न (बरडा खुवाई) गरिन्थ्यो । विहेको मिति नतोकिदासम्म दुबै पक्षले एकअर्कालाई बुझ्थे । यो बेलासम्म पनि सम्बन्धमा दरार आए क्षतिपुर्ति तिरेर सम्बन्ध तोड्न पाईन्थ्यो । विवाह हुन दुईतीन वर्ष लाग्थ्यो । अगहन गर्दा थप एक वर्षपछि दुलही दुलहाको घरमा जान्थिन । ‘यो बेलासम्म दुलहा र दुलही पक्षले एकअर्काको तीन पुुस्तासम्म चिनजान गरिसक्थे । उनीहरु बुझ्न पाउथे । त्यसैले यसरी गरेको विवाह कहिल्यै सम्बन्ध बिग्रिएन,’ बडघर चन्द्र भन्छन्,‘समय बदलिएसंगै केटाकेटी देख्यो र मन मिल्यो भने उत्तिकै बेला विवाह हुन्छ । अर्को दिन सम्बन्ध बिच्छेड भएको घटना पनि सुनिन्छ ।’
    छैबलवा बन्ने परम्परा यथावत रहेपनि यस बारे नयाँ पुस्ता बेखबर छ । अग्रजहरुका अनुसार थारु समुदायको आफ्नै राज्य थियो । त्यसैले राजसी तरिकाले विवाह गर्थे । थारु राजकुमारीसंग विवाह गरेर फर्किने क्रममा अर्को पक्षसंग लडाई हुनसक्थ्यो । त्यसका लागि दुलहालाई सहयोग गर्न भाई पनि संगै जानु परम्पार सुरु भएको हो । लडाईमा दुलहाको मृत्यु भएमा छैबलवासंग विवाह हुन्थो । दुलहा बनेर दुलही लिन जाने क्रममा भाला बोक्ने परम्पार अझै कायमै छ । त्यस्तै दुलहीलाई दुलहाको घरमा पुर्याउन भाइ वा दाई जाने चलन छ । दिदीलाई पुर्याउन जाने बेलामा संगै बोकेको लोटामा दारु राखिन्छ । ‘बाटोमै कसैले दुलहीमाथि आक्रमण ग¥यो भने बिष खाएर आत्मा हत्या गर्ने परम्परा थियो । उक्त परम्परालाई निरन्तरता दिन अहिले भाई वा दाईले दारु बोकेर दिदीको डोली संगसंगै जाने चलन छ,’ थारु परम्परा बारे जानकार बर्दियाका सोमबहादुर चौधरी भन्छन् ।

  • २१ मंसिर २०७७, आईतवार ०९:०६ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ