डोटी — आइतबार बिहान बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारामा जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दिपायलबाट खत्याडीका लागि जाँदै गरेको जिप भिरबाट खसेको र अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने खुलि नसकेको प्रहरीले जनाएको छ । हालसम्म तीन जनाको शव फेला परेको र पाँच जनालाई उद्धार गरी उपचारका लागि दिपायल लैजादै गरेको प्रहरीले जनाएको छ ।