नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित – Dastabej

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित


  • दस्तावेज

  • काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थासहित बैठक सुरु भएको छ । ईकान्तिपुर डटकमका अनुसार शनिबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच निर्धारित आइतबारको स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका छैनन् । बैठकमा दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ मा र प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालय बैठकमा एकअर्कामाथि संगीन आरोपसहितको प्रस्ताव पेश गरेका थिए ।ओलीले दाहालको लाञ्छना पत्र बैठकमा छलफल हुन नसक्ने भन्दै फिर्ताको अडान राख्दै आएका थिए । दुवै प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएपछि अध्ययनका लागि भन्दै केहीदिन बैठक स्थगित हुने भएको छ ।
    सचिवालय बैठकले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय थियो । यसर्थ स्थायी कमिटी बैठकलाई चासोपूर्वक हेरिएको छ ।

  • २१ मंसिर २०७७, आईतवार १४:५४ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त