नेपालगन्ज— नेपालगन्जको भन्सारदेखि राँझा एयरपोर्ट प्रवेशद्वारसम्म साइकल लेन निर्माणका लागी नेपालगन्ज उपमहानगर लाई ध्यानाकर्षण गराउने र पहल गर्नेलगायतका ५ बुदे प्रस्ताव पास गर्दै नेपालगन्ज साइक्लिङ्ग क्लब को साधारणसभा सकिएको छ । राप्तिसोनारी गाउँ पालिका को वडा न ७ मा रहेको कुश्मा सामुदायिक बन मा नेपालगन्ज साइक्लिङ्ग क्लब बाकेले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको हो । त्यस्तै साइकलमा हिड्ने आम साइकल चालकहरुको हित, सडक दुर्घटना न्यूनीकरण लागि छलफल गर्ने निर्णय गरेको छ । नेपालगन्ज, कोहलपुर र खजुरा लाई साइकल मैत्री र सफा शहर का रूपमा स्थापित गर्न सम्बन्धित सरोकारवाला निकाय को ध्यानाकर्षण गर्ने, ।साइकल खेलकुदलाई प्रोत्साहन गर्न बाँके जिल्लाका सम्बद्ध निकाय सङ्ग सहकार्य र सहयोग का लागि निरन्तर सक्रिय रहनेर निबुवाटार क्षेत्र , झरना र गाइलेकलाई जिल्ला कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सम्बन्धित निकाय , स्थानीय पालिका र सरोकारवाला लाई ध्यानाकर्षण गराउने निर्णय गरेको क्लबका सचिव सुरेन्द्रदिप कार्किले जानकारी दिए ।