नेपालगन्ज— सत्तासिन दल नेकपाभित्र चरम लडाई जारी छ । यता किसान भने मल नपाएरै हैरान छन् । किसान भन्छन्—मन्त्री ज्यू । भाषण होईन मल देउ । किसानलाई गहुँ छर्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हुँदा कतिपय किसानले गहुँ छर्न सकेका छैनन् । भारतबात तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो मारमा परेका छन् । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको मल करिव सकिएको छ । बंगलादेशबाट पैँचोमा ल्याउने भनेको मल आउने अनिश्चित छ । सरकारले बंगलादेशबाट पँैचोमा मल ल्याउनका लागि मन्त्री परिषदमा पेश गरेको प्रस्तावमा निर्णय हुननसकेपछि किसानले कहिले मल पाउँने अनिश्चित बनेको छ ।
कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले मल रित्तिएका कारण बा“के र बर्दियामा मल अभाव भएको बताए । ‘चाईनाबाट किनेर ल्याएको मल बिक्री गरेर सकिएको छ । हामीसंग मल छैन । किसानलाई भने मल आवश्यक छ,’ उनले भने ।
उनका अनुसार बाँकेका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन युरिया र १ सय टन पोटास आवश्यक पर्छ । मल विक्रिका लागि ढेड सय सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् । त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल विक्रिका लागि १ सय २० सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् । हिउ“दको सिजनमा मलको मुल्य प्रति बोरी ५० रुपैयाँ बढेको छ । बाँकेमा युरिया प्रति बोरी ८ सय ४६, डिएपी २ हजार २ सय ९६ र पोटास १ हजार ६ सय ९६ रुपैयाँ बोरी मुल्य तोकिएको छ । धानको सिजनमा युरिया ७ सय ९६, डिएपी २ हजार २ सय ४६ र पोटास १ हजार ६ सय ४३ रुपैया“ प्रति बोरी मुल्य छ । ‘मल नपाए पनि बर्षाभन्दा यो सिजनमा मुल्य बढेको छ । किसान मुल्य तिर्न तयार छन् तर मल कहाँबाट ल्याउने भन्ने समस्या छ,’ कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख पौडेलले भने,‘मल कहिले आउने हो भन्ने अनिश्चित छ । किसान समस्यामा परेका छन् ।’
भारतबाट तस्कारी गरी ल्याएको सरदार नामक डिएपी मल कम्तिमा १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैया“मा किसानहरु किन्न बाध्य छन् । त्यसरी किनेर ल्याएको मल पनि घरसम्म ल्याउन किसानलाई मुस्किल छ । मल ल्याईरहेको अवस्थामा प्रहरीको निगरानीमा परे पक्राउ पर्ने डर उनीहरुलाई छ । ‘मल पनि नदिने भारतबाट ल्याउ“दा प्रहरीले पक्राउ गरेर दुःख दिन्छ,’ खजुरा गाउँपालिका रनियापुरका जाबेद खाँ भन्छन् । उनका अनुसार बाँकेका किसानहरु बर्दियाको सीमावर्ती भारतीय बजारबाट मल लैजाने गरेका हुन । भारतबाट तस्करी गरिएको मलले धान खेति गरेका किसानहरु हिउ“दे खेतिको सिजनमा फेरि पनि मल पाउँनबाट बन्चित भएका छन् । किसानहरु धान काटेर धमाधम हिउँदे बाली छरिरहेका छन् । ‘मल पाएको भए गहुँ छरेर भ्याईन्थ्यो । अरु हिउँदे बाली लगाई सकियो,’ उढरापुरकै अर्का किसान मोहम्मद अलि शेष भन्छन्,‘हामी किसानलाई जहिले पनि मलकै चिन्ता हुन्छ । सरकारले मल समयमै नदिंदा किसानलाई दुख्ख हुन्छ ।’ स्थानीय कृषि सहकारीमा तीन÷चार पल्ट धाए पनि मल पाउन सकेका छैनन् । मल नहाल्दा उत्पादन घट्ने कृषि अधिकारी बताउँछन् । सीमावर्ती भारतीय बजारबाट ल्याइएको मल प्रहरीले खोस्दा किसानहरु थप पीडामा पर्दै आएका छन् ।