बर्दिया— राजापुर नगरपालीको वडा नं ६ मा किशोरीहरुबिच मैत्रीपुर्ण फुटबल प्रतियोगीता भएको छ । फुटबल प्रतियोगीतामा दिल कुमारी थारुको समुहले बालीका थारु समुह बिरुद्ध ४ गोल गरी विजय हासिल गरेको छ ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह बीग्रुप बाँके को साझेदारीमा सञ्चालित बाल विवाह रोकथाम परियोजना (नोराड) अन्तर्गत गठन गरिएको सिओसी समुहका किशोरीहरुको अगुवाईमा फुटबल प्रतियोगीताको आयोजना गरिएको हो । समाजमा भै रहेको बालविवाह जस्तो सामाजिक अपराध बिरुद्ध सचेतना फैलाउने उद्देश्यले समुदाय स्तरमा किशोर तथा किशोरीहरुको क्षमता विकासका लागी विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको कार्यक्रम संयोजक दिनेशकुमार चौधरीले बताए ।