पुर्जाको जग्गा बर्दिया राष्ट्रिय निकुन्जमा - Dastabej

पुर्जाको जग्गा बर्दिया राष्ट्रिय निकुन्जमा

कटानका कारण सयौं किसान जग्गाबिहिन बन्दै आएका छन् । गेरुवा नदीको कटान पश्चिम तर्फ तिब्र छ ।


  • दस्तावेज

  • नेपालगन्ज—कर्णालीको पश्चिम भँगालो गेरुवानदीले कटान गर्दै पश्चिम तर्फ धार परिवर्तन गर्दै गएपछि गेरुवा गाउँपालिकाका किसानहरुको जग्गा बर्दिया राष्ट्रिय निकुन्जभित्र गाभिदै गएको छ । निकुन्जको सीमा कर्णाली नदीको पश्चिम किनार लेखिएका कारण नदीले कटान गर्दै गएको जग्गा गाभिदै गएको हो । निकुन्ज प्रशासनले कटान गरिएको नम्बरी जग्गामा पनि तारबार गरेको स्थानीयको गुनासो छ । गेरुवा गाउँपालिकालाई पश्चिम तर्फबाट गेरुवा र पुर्बतर्फबाट कर्णाली नदीको भँगालोले घेरेको छ । कटानका कारण सयौं किसान जग्गाबिहिन बन्दै आएका छन् । गेरुवा नदीको कटान पश्चिम तर्फ तिब्र छ । ‘नदीले लालपुर्जाको जग्गा पश्चिम तर्फ कटान गर्दै आएको छ । कटान गरेको बगरलाई निकुन्जले आफ्नो भन्दै तारबार गर्दै आएको छ,’ गेरुवा नदीको जग्गा कटानमा परेका स्थानीय कमल रेग्मी भन्छन्,‘सयौं किसानका लालपुर्जाको जग्गा निकुन्जले आफ्नो भन्दै आफूतिर गाभेको छ ।’ निकुन्ज प्रशासनले भने गेरुवा नदी पश्चिम किनार सीमा लेखिएका कारण त्यही अनुसार जग्गा लिएको जनाएको छ । नदी कटान गरेको जग्गाको बगरमा खर उम्रिएको छ ।
    बर्दिया राष्ट्रिय निकुन्जका अनुसार कतिपय स्थानमा निकुन्जको जग्गा बाहिर रहेकाले गाभिएको हो । कतिपय स्थानमा भने किसानको जग्गा पनि परेको हुनसक्ने उसको अनुमान छ । निकुन्जको सीमा गेरुवा नदीको पश्चिम किनार लेखिएको छ । त्यही अनुसार सीमा मानिएको हो ।
    गेरुवा गाउपालिकाका प्रमुख जुमानसिंह केसीले स्थानीय किसानका पाँच सय विगहा बढी जग्गा निकुन्जमा गाभिएको बताउ“छन् । स्थानीयको पुर्जाको जग्गा निकुन्जमा गाभिदा अन्याय भएको उनको तर्क छ । ‘गेरुवा नदी किनारमा किसानको जग्गा छ । ठाकुरबाबा नगरपालिका सीमादेखि भारतसम्मको खेति जग्गा नदीसंग जोडिएको छ,’ उनले भने,‘जनताको नम्बरी जग्गा फिर्ता गराउनका लागि पहल भइरहेको छ । तर यो स्थानीयस्तरबाट समाधान नहुने भएकाले समस्या भएको छ ।’
    गेरुवा नदीले कटान गर्दै गएपछि तटीय क्षेत्रका गाउँहरु पश्चिम तर्फ सर्दै आएको छ । निकुन्जले भने हरेक वर्षजस्तो बिद्युतीय तारबार गर्र्दै आएको छ । निकुन्जको संरक्षणका लागि तारबार गरिने भएको हो । तटीय क्षेत्रको घर अगाडि बिद्युतीय धराप देख्न सकिन्छ । ‘त्यो परासम्म नम्बरी जग्गा हो । तर पीलर यहा“सम्म लगाइएको छ,’ स्थानीय किसान रामदुलारे चौधरी भन्छन्,‘निकुन्जले पश्चिमबाट च्याप्दै आएको छ । हामी सर्दै आइरहेका छाँै ।’ स्थानीयका अनुसार करिव दुई सय बढी किसानका जग्गा नदीले कटान गरेको र निकुन्जमा गाभिएको छ ।

  • २२ मंसिर २०७७, सोमबार १५:१५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता