अभिनयमा सुनजस्तै सुनिता - Dastabej

अभिनयमा सुनजस्तै सुनिता

मोडलिङका नाममा अंग प्रदर्शनको होडबाजी चलेको छ । तर जस्तो पनि भिडियो खेलेर धेरै हिट हुनुपनि छैनर्‍ स्नातक गरेकी सुन्दरी भन्छिन ।


  • दस्तावेज

  • नेपालगन्ज— सानै हुँदा उनी विभिन्न खाले अभिनाय गर्ने प्रयास गर्थिन । नाच्थिन । उफ्रिन्थिन । बिद्यालयमा हुने सांस्कृति कार्यक्रममा भाग लिने गर्थिन । घरबाट बिद्यालय आउजाउ गर्दा नाच्ने र अभिनायमै रमाउथिन् । उनको बानी देखेर धेरैजना छक्क पर्थे । कसैले कति हल्का बानी हो भनेर टिप्पणी गर्थे । आमाबुबाले पनि बिद्यालय जाँदा बाटोमा नाच्न अभिनय नगर्न अनुरोध गरे । तर उनको रुची नै अभिनयमै थियो । अभिनय गर्ने बानीका अगाडि उनी मजबुर थिईन ।

    त्यही बानीले हाल उनी चल्तीका मोडेल बन्न सफल भएकी छन् । बर्दिया गुलारिया नगरपालिका खैरापुरकी सुनिता चौधरी थारु गीतमा मात्रै सिमित नभएर नेपाली भाषाको गीत र सिरयलमा मजाले जमेकी छन् । ‘सुरुमा सडक नाटकमा खेले । पछिपछि नेपाली गीतमा पनि अभिनय गर्ने अवसर जुर्यो,’ २५ वर्षीया सुन्दरी सुनिताले भनिन्,‘मोडलिङभन्दा पनि मलाई अभिनय गर्न मन पर्छ । त्यो पनि फरकफरक भूमिकामा ।’

    उनले अभिनय गरेको ‘रहर ३’ ले दर्शकलाई भावुक मात्रै गर्दैन रुवाउँछ पनि । नेपाली भाषाको सिरयल दृष्टिमा बेजोड अभिनय गरेकी छन् । करोड, लक्ष्मीपूजा नाम नाटकमा उनी जबर्जस्त भूमिकामा देखिएकी छन् । पछिल्लो दुई वर्षयता मात्रै उनी मोडलिङमा आएकी हुन । त्यो भन्दा पहिले कलाकारका रुपमा अभिनयमै व्यस्त छिन । ढिलो गरी मोडलिङमा आएकी उनी चल्तीको कलाकारमा परेकी छन् । ‘एउटा गीतमा मोडलिङ गरेको १० हजार पारिश्रमिक लिन्छु,’ उनले भनिन्,‘जस्तो पायो त्यस्तोमा खेल्दिन म ।’

    पछिल्लो समय थारु गीतको नाममा अनेकखाले बिकृती बढ्दै गएको छ । मोडलिङका नाममा अंग प्रदर्शनको होडबाजी चलेको छ । तर सुनिता भने त्यसको पक्षमा छैनन् । त्यसैले उनलाई धेरैले कलाकारिताको सुन भन्छन् । ‘बिकृती देखिने गरी अभिनय गर्दिन,’ उनले भनिन् ।

    ०७१ देखि कलाकारितामा प्रवेश गरेका उनी बाल्यकालदेखि सडक नाटक खेल्थिन । गाउँघरके छैली, मै तुहार दिवानी, रहर पार्ट ३, नेपाली गीत मेरो पनि मन छ, बनवा मे बाटै बाघबघिनी (झुम्रा, दिदिके देवर दिवाना, किहिन लुटादिउ जोबन्वा, मदुवा ३ भुरभुरा रहर, पागल मन लगायतका भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।

    शिक्षा बिषयमा स्नातक गरेकी उनी जस्तोसुकै अभिनय सहजै गर्न सक्छिन् । हँसिलो स्वभावकी उनी गम्भीर, रोदन, समाजबाट पीडित चेलीको पात्रका रूपमा आफूलाई नाटकमा प्रस्तुत गर्छिन्। ‘जस्तो त्यस्तै भिडियो खेलेर मलाई धेरै हिट हुनुपनि छैन,’ उनले भनिन् ।

  • २२ मंसिर २०७७, सोमबार १७:३४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता